सुर्खेत, सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हृदयराम थानीले पश्चिम सुर्खेतको लगाम र कैलालीसँग जोड्न कर्णाली नदीमा पुल प्रतिबद्धता जनाएका छन् ।
Exif_JPEG_420
सोमबार चौकुने गाउँपालिका–१ लगामको बोलामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् । ‘निर्वाचन जितेपछि पश्चिमको विकासका लागि खटिनेछु’ नेता थानीले भने, ‘लगामीलाई कैलालीसँग छोड्नका लागि कर्णाली नदीमा पुल बनाउन पहल गर्छु ।’ कर्णाली नदीमा पुल बनेपछि कैलालीको सेती लोकमार्ग छोडिन्छ । कर्णाली नदीमा पुल बनेपछि कैलाली र सुदुरपश्चिम जोड्ने सबैभन्दा छोटो मार्ग हो ।
यस्तै नेता थानीले बोलाका स्थानीयले भोग्दै आएको खानेपानी समस्या समाधानका लागि उपयुक्त विकल्प खोज्नेसमेत प्रतिबद्धता जनाए । ‘बोलामा शुद्ध खानेपानी पु¥याउनु मेरो पहिलो दायित्व र प्राथमिकता हुनेछ’ थानीले भने, ‘सम्भव भए मुहानबाट गाउँमा पानी पु¥याउँछु, मुहान नै नभेटिए बोरिङ गरेर भए पनि खानेपानीको व्यवस्थापन गर्छु ।’
Exif_JPEG_420
लगामको बोलागाउँमा बर्षाैदेखि खानेपानीको समस्या छ । खानेपानीका लागि स्थानीय एक÷आघा घण्टा टाढाको दुरीबाट पानी ल्याएर खानुपर्ने बाध्यता छन् । बर्षाैदेखिको खानेपानी समस्या समाधानका लागि कसैले पहल नगरेको भन्दै त्यहाँका स्थानीयले जसले गाउँमा पानी ल्याइदिन्छ उसैलाई भोट दिने बताएका थिए । मतदाताको समस्या सुनेपछि थानीले कुनै पनि हालतमा खानेपानीको समस्या समाधान गरेर छोड्ने भन्दै ढुक्कले आफूलाई भोट दिएर जिताउन आग्रह गरे ।

कार्यक्रममा सुर्खेत क्षेत्र नं. २ (ख) का उम्मेदवार विन्दमान विष्टले बोलामा खानेपानी पु¥याउनका लागि टेन्डेर भए पनि प्राविधिक कारणले काम अगाडि बढ्न नसकेको बताए । उनले आफू मन्त्री र संसद हुँदा बोलामा खानेपानी पु¥याउन पहल गरेको उल्लेख गरे । विष्टले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै ढुक्कले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे ।
Exif_JPEG_420
पूर्वमन्त्री शिवराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी, कर्णाली प्रदेशका निवर्तमान उपसभामुख पुष्पा घर्ती, नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार १५:३३