सुर्खेत, सुर्खेत क्षेत्र नं. २ (क) का उम्मेदवार शिवप्रसाद उपाध्यायले २० बुंदे प्रतिबद्धता सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज समेत रहेका उपाध्यायले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर गर्दै आफ्नो चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेको हुन् ।
प्रतिबद्धता अनुसार आफूले निर्वाचन जितेको खण्डमा ६ महिनाभित्र सुकुम्वासीलाई लालपुर्जा दिलाउने उल्लेख गरेका छन् । वास्तविक भूमिहीन तथा सुकुम्वासीलाई ६ महिनाभित्र लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्यालाई तत्काल समाधान गर्ने प्रद्धिबता पत्रमा उल्लेख गरेको छन् ।
त्यस्तै सेवाग्राहीको अत्याधिक चाप हुने वीरेन्द्रनगरका वीरेन्द्रनगर चौक, एरीचौक र मंगलगढी चौक लगायतका क्षेत्रमा आकाशे पुल निर्माण गर्ने जनाएको छ । बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनको लागि मुख्य चौकमा आकाशे पुल निर्माण गर्ने, बजार क्षेत्रमा पार्किङ स्थल निर्माण गर्ने र व्यवसायिक बसपार्क बनाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै वीरेन्द्रनगर उपत्यकका विद्युत लाइनलाई अण्डरग्राउण्ड (जमिनमुनि गाड्ने), वीरेन्द्रनगरको चक्रपथलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने, सानो सुर्खेतस्थित इन्जिनियरिङ कलेजदेखि भेरी पुलसम्म व्यवस्थित सडक विस्तार गर्ने, इत्राम खोलामा मोटरेबल पुल बनाउने, वीरेन्द्रनगरका सबै वडामा सिंचाई योजनाहरु निर्माण गर्ने उल्लेख गरेका छन् ।
प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्नका लागि पहल गर्ने, जनताका लागि निःशुल्क औषधी र स्वास्थ्यमा पहुँचको सुनिश्चित गर्ने, दुर्घटनामा परेका व्यक्तिहरुको उपचार सरकारी प्रदेश अस्पतालमा गराउने व्यवस्था गर्ने, वीरेन्द्रनगर उपत्यका रहेका इत्राम खोला, नेवारे खोला, खोर्के खोला, आँपडालीखोला लगायतका खोलाहरुमा तटवन्धन बनाउँदै वीरेन्द्रनगरक्षेत्र डुवानको समस्या समाधान गर्न व्यवस्थित ढल निकासको व्यस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै वीरेन्द्रनगरमा व्यवस्थित औधोगिक क्षेत्रको बनाउने र व्यवसायीहरुलाई व्यावसायिक योजनाका आधारमा प्रदेश सरकारवाट सहुलियत कर्जा उपलब्ध गराउने, नगरक्षेत्रमा आवश्यकताका आधारमा सार्वजनिक शौचालयको व्यवस्था गर्ने र तत्कालीन राजपरिवारहरुको नाममा रहेको जग्गाको अभिलेखीकरण गरी सरकारको मातहत लिने र सो जमीनको सदुपयोग गरी सरकारले लाभ लिने योजना तय गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।
यस्ता छन् शिवपूसाद उपाध्यायका प्रतिवद्धताहरू
१. खानेपानी तथा सरसफाई
वीरेन्द्रनगर उपत्यका र वडा नं. १३ र १४ मा स्वच्छ खानेपानीको व्यवस्थापन तथा श्रोतहरुको संरक्षण गर्ने । यस प्रदेशको नगरक्षेत्रमा आवश्यकताका आधारमा सार्वजनिक शौचालयको व्यवस्था गर्ने । नीजि घर तथा उद्योग कलकारखानाबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने ।
२. शिक्षा र खेलकूद
सरकारी विद्यालयहरुको भौतिक सुधार, विद्यार्थी र कक्षा अनुपातमा शिक्षक व्यवस्था विद्यालयको स्तर अनुसार कर्मचारीको व्यवस्थापन, शैक्षिकशस्त्र प्रारम्भ अगावै पाठ्य पुस्तक उपलब्धता, नियमित शैक्षिक अनुगमन तथा मूल्यांकन, समयानुकुल प्राविधिक शिक्षा, जोड दिने उच्च शिक्षाका लागि सरोकारवालाहरुसंग समन्वय सूचना सञ्चार तथा प्रविधिमा गर्दै मध्यपश्चिम विश्वविद्यालय र त्रिभुव विश्वविद्यालय अन्तरगतका शैक्षिक गुणस्तर कायम गर्ने। प्रदेश दलित छात्रावास भवनको निर्माण कार्य सम्पन्न गर्ने । विद्यार्थीहरुको स्वास्थ्य र चौतर्फिक विकासका लागि विद्यालयहरुमा खेलकूदहरुको प्रवन्ध गर्ने साथै युवा लक्षित गर्दै पाएक पर्ने स्थानमा खेलकूदको विकास तथा प्रवर्द्धन गर्ने । लक्षित वर्गहरुको परम्परागत कला संस्कृतिहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ ।
३. स्वास्थ्य
आधारभूत स्वास्थ्य एकाई केन्द्र देखि प्रदेश अस्पतालमा भौतिक पूर्वाधार, उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय सेवा प्रदानका लागि व्यवस्था गर्ने । जनताका लागि निशुल्क औषधी र स्वास्थ्यमा पहुँचको सुनिश्चित गर्ने । वर्थिङ्ग सेन्टरलाई थप व्यवस्थित गर्ने । दुर्घटनामा परेका विरामीहरुको उपचार सरकारी प्रदेश अस्पतालमा गराउने व्यवस्था गर्ने । पोष्टमाटम भवनको स्तर उन्नति गर्ने सामाजिक न्यायका आधारमा स्वास्थ्य विमा गर्ने । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्नका लागि पहल गर्ने । वीरेन्द्रनगर नगर अस्पताललाई स्तर उन्नति गर्ने । स्थापना गर्नका लागि समन्वय गर्ने । गरिव तथा विपन्न छात्राहरु, किशोरी र महिलाहरुका लागि निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने । आवश्यकताका आधारमा वडाहरुमा घुम्ती शिविर संचालन गर्ने ।
सामाजिक सुरक्षातर्फ: सरकारवाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता दलित, अपांग, अल्पसंख्यक, द्वन्द पिडित, लोपोन्मुख आदिवासी जनजाती, एकल महिला, महिला, जेष्ठ नागरिक लगायतले पाउँने भत्ता सहज रुपमा प्राप्त गर्ने व्यवस्था गर्ने ।
४. भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित वसोवास
यस प्रदेश अन्तरगत रहेका वास्तविक भूमिहीन, सुकुम्वासीहरुलाई ६ महिनाभित्रमा लालपूर्जा वितरण गर्ने । साथै अव्यवस्थित वसोवासीहरुको समस्या तत्काल समाधान गर्ने ।
५. जातीय विभेद तथा अन्य विभेदहरु
मानवले मानवमाथि गर्ने जातीय भेदभाव, छुवाछूत, समाजमा विद्यमान वर्गीय, लैंगिक, भाषिक, धार्मिक र साँस्कृतिक लगायतका सवैखाले विभेदको अन्त्यका निम्ति अभियान संचालन गर्ने ।
६. लागुऔषध दुव्र्यसनी
लागु औषध ओसारपसार गर्ने व्यक्ति, समूहको पहिचान गरी आयातलाई नियन्त्रण गर्ने लागुऔषध दुर्व्यसनीमा लागेका व्यक्तिलाई पुनस्र्थापन र लागुऔषधवाट प्रभावित हुने युवायुवती, आमावुवा र सरोकारवालहरुलाई यस दुव्र्यसनीवाट जोगिन विभिन्न माध्यमवाट जनचेतनामूलक कार्यक्रम गर्ने ।
७. सुशासन तथा भ्रष्टाचार अन्त्य
सरकारी तथा गैरसरहकारी एवं विभिन्न क्षेत्रवाट जनताका लागि प्रवाह गरिने सेवा सुविधा निश्पक्ष रुपमा छिटो, छरितो रुपमा प्रदान गर्ने । सूचना अधिकारीको भूमिकालाई जनमैत्री वनाउने । भ्रष्टाचार निवारण ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र गराउने भ्रष्टाचाचारीलाई सामाजिक रुपमा वहिष्कार गर्ने ।
८. खोलाहरुमा तटवन्धन तथा नगरक्षेत्रमा ढल निकास
वीरेन्द्रनगर उपत्यका रहेका इत्राम खोला, नेवारे खोला, खोर्के खोला, आँपडालीखोला लगायतका खोलाहरुमा तटवन्धन गर्दै । निकास खोलासम्म पुरयाउने । वीरेन्द्रनगरक्षेत्र डुवानको समस्या समाधान गर्न व्यवस्थित ढल निकासको व्यस्थापन गर्ने ।
९. श्रम र रोजगारी
दक्ष श्रमिक तयार गर्ने, वैदेशिक रोजगारीवाट फिर्ता भएका दक्ष जनशक्तिको उपयोग गरी श्रम क्षेत्रको विकास गर्ने, श्रमिक महिला तथा पुरुषको ज्यालाको विभेद अन्त्य गर्ने र श्रमिकको सरकारी ज्याला दर कायम गर्ने । शिक्षित तर वेरोजगारहरुको हकमा शैक्षिक प्रमाण पत्र वा कार्यदक्षताको प्रमाण पत्रका आधारमा सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने ।
१० कृषि उपज र बजारीकरण
कृषिमा उन्नत जातका विउविजन, आधुनिक कृषि औजार उपलब्ध गराउने । अर्गानिक कृषि उपज स्वष्ट तरकारी, फलफूल, दाल, खाद्यन्न, पशुपक्षी, माछा, मासुजन्य पदार्थको मूल्यनिर्धारण, खरिद र वजारीकरणको व्यवस्था गर्ने ।
११. भौतिक पूर्वाधार विकास
वीरेन्द्रनगरमा चालु अवस्थामा रहेका भौतिक पूर्वाधारका आयोजनाहरुलाई सम्पन्न गर्ने । उपत्यकाको चक्रपथ योजनालाई । विशेष प्राथमिकतामा राखि क्रमागत रुपमा अगाडि बढाइनेछ । मप. इन्जिनियरिङ्ग कलेज सानो सुर्खेतदेखि भेरीपुलसम्म सडक निर्माण गरिनेछ । ईत्राम खोला खोला हटलाईनमा मोटरेवल पुल लगायत अन्य खोलाहरुमा आवश्यकताका आधारमा पुल निर्माण गरिनेछ । साथै वीरेन्द्रनगरको एरिचौक, वीरेन्द्रचौक, मंगलगढीचौक लगायतका आवश्यक स्थानहरुमा आकाशे पुल निर्माण गरिनेछ वीरेन्द्रनगरको वडा नं. १३ र १४ का सडकहरुको स्तर उन्नति गर्ने वीरेन्द्रनगर उपत्यकामा विद्युतको लाईन अण्डर ग्राउण्ड र विद्युत आपुर्तिलाई नियमित र सहज गराउँन पहल गर्ने । वीरेन्द्रनगर वडा नं. १ देखि १४ सम्मका आवश्यक सिंचाई योजनाहरु निर्माण गर्ने ।
१२. व्यावसायिक बसपार्क, पार्किङ्गस्थल
राजधानीको केन्द्र रहेको वीरेन्द्रनगरमा सवारी चाँपलाई ख्याल गर्दै उपयुक्त स्थानमा व्यावसायिक बसपार्क निर्माण गर्ने । शहरमा हुने दुर्घटना न्युनिकरण र ट्राफिक समस्यालाई समाधानार्थ वजारक्षेत्रमा व्यवस्थित पार्किङ्ग स्थलहरुको निर्माण गरिनेछ ।
१३. परम्परागत पेशाको संरक्षण तथा प्रवद्र्धनन
राज्यसत्तावाट पछाडि पारिएको दलित समुदायले संचालन गरेका सुनचाँदी, फलाम, तामा पित्तल, मुर्ती, सिलाईकटाई, छाला जुत्ता, मादल, तवला, झ्याली, दमाहा, वाद्यवादन लगायतका पेशामा संलग्नहरुको संरक्षण र प्रवद्र्धनन गरिनेछ ।
१५. दैवि प्रकोप तथा प्राकृतिक प्रकोप
मानव जीवनमा अचानक आईपर्ने वाढीपहिरो, डुबान, भूकम्प, आगलागी लगायत विभिन्न महामारी रोगहरुवाट बच्न पूर्वसतर्कता अपनाउने । दैवि तथा प्राकृतिक प्रकोपमा परेकाको उदारका लागि पूर्व तयारी गर्ने ।
१६. जलवायु तथा वातावरण संरक्षण
शहर वजार तथा गाउँमा विकास निर्माणका गतिविधिहरु संचालन गर्दा जलवायु तथा वातावरण मैत्रि गराउने । सडकको किनार, खोलाको किनार र ’सार्वजनिक स्थानमा वृक्षारोपण गर्ने
१७. पर्यटन विकास
वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल काँक्रेविहार, घण्टाघर, बुलबुले, देउती बज्यै, रानीघाट, उत्तरगंगा जलेश्वर र गोठीकाँडा थप पर्यटकीय विकासका लागि योजना निर्माण गरिनेछ । साथै उक्त स्थलहरुमा यातायात पार्किङ्ग, संचार, चिडियाखाना, व्यवस्थित क्यान्टिन, होटेल र स्थानीय उत्पादनका सामानहरुको विक्री वितरणको प्रवन्ध गरिनेछ । विगत वर्ष देखि संचालनमा नआएको, घण्टाघरको घडीको मर्मत गरी सञ्चानमा ल्याइनेछ ।
१८. डिजिटल पव्लिक वोर्ड
प्रदेशको राजधानीमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु, सरकारी कार्यालयहरु, संस्थानहरु र पर्यटकीय स्थलहरुको स्थानको पहिचान हुने गरी सार्वजनिक स्थलमा डिजिटल पव्लिक सूचना वोर्ड राखिनेछ ।
१९. उद्योग तथा व्यवसाय
प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवस्थित औधोगिक क्षेत्रको विकासका लागि उपयुक्त स्थानको छनौट गरिनेछ । उक्त स्थानमा उद्योग संचालन गर्न पूर्वाधार विकासको साथै व्यवसायीहरुलाई व्यावसायिक योजनाका आधारमा प्रदेश सरकारवाट सहुलियत कर्जा उपलब्ध गराउने । उत्पादनहरुको बजारीकरणको व्यवस्था गरिनेछ ।
२०. तत्कालीन राजपरिवारको नाममा रहेका जमीन
वीरेन्द्रनगर सुर्खेतमा तत्कालीन राजपरिवारहरुको नाममा रहेको जग्गाको अभिलेखीकरण गरी सरकारको मातहत लिने र सो जमीनको सदुपयोग गरी सरकारले लाभ लिने योजना त गरिनेछ ।
धन्यवाद ।
प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार २१:२२