असोज ७, झुठ्ठा विवरण बनाई भुक्तानी दिएको आरोपमा सुर्खेतका तत्कालिन वन अधिकृत गोविन्द प्रसाद दाहाल सहित ७ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा विवरण पेश गरि रकम भुक्तानी दिने/लिने विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
डिभिजन वन कार्यालय सुर्खेत तत्कालीन डिभिजनल वन अधिकृत दाहाल र सहायक वन अधिकृत टेक बहादुर रावल सहित ७ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको जनार्इएको छ।वास्तविक कामभन्दा बढी काम गरेको देखाई चार लाख ३६ हजार ७२२ रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो।
प्रवक्ता भण्डारीले सरकारलाई हानिनोक्सानी पुयाएकाले उनीहरुलार्इ भ्रष्टाचार निवारण ऐनल बमोजिम कारबाहि हुने भएको छ।दहाल र रावल विरुद्ध चार लाख ३६ हजार ७२२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरिएको छ।
कारण बिना लागत इस्टिमेट अस्वाभाविक रुपमा बढाई यथार्थ नाँपजाच गरी कार्य मुल्यांकन गर्नुको साटो एलिसा डिजाइन्स एण्ड विल्डर्सका प्रोपाइटर लोकेन्द्र रानाले नभएको, नगरेको कार्य नक्कली बिल भरपाई बनाई नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको प्रवक्ता भण्डारीले बताउनुभयो।नापी किताब एवं कार्य सम्पन्नलाई एकिन नगरी हचुवाको भरमा उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेतले हस्ताक्षर गरी बुझाउनुभएको थियो।कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, उपाध्यक्ष ध्रुव कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढाले विरूद्व चार लाख ३६ हजार ७२२ रूपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ।
यस्तै सुर्खेतको साविक घुमखहरे गाविसका तत्कालीन गाविस सचिब खड्क बहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र विशेष अदालतमा दायर गरेको हो।
जिल्ला सुर्खेत, साविक घुमखहरे गा. वि. स. वडा नं. ९ हाल गुर्भाकोट न.पा. वडा नं. १० स्थित लामिताले मोटर सिंचाई आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लगायतले मोटर सिंचाईको लागि आएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो।
अनुसन्धान हुँदा लामिताले मोटर (लिफ्ट) सिंचाई आयोजनाको लागि आ.व. २०६४/०६५ देखि २०६८/०६९ सम्म उक्त योजनामा खर्च भएको चार लाख ३८ हजार पाँच सय रूपैयाँ कार्य सम्पन्न नगरी झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने कार्य गरिएको थियो।सिंचाईको कुलो निर्माणसमेत नगरी नगरे नभएको कामबापत भुक्तानी लिएबाट निम्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार १७:५४