असोज ४, यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निर्वाचनमा समावेशिता बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन।
वीरेन्द्रनगरमा भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई निर्वाचनमा समाबेश कसरी गराउन सकिन्छ भन्ने विषयमा राजनीति दलहरुसंगको छलफलमा यस्तो माग गरिएको हो।
कार्यक्रममा सहभागीहरुले राज्यले अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्ने गरेको बताएका छन।उनीहरुले राजनतिकदलहरुले नै लैंगिक अल्पसंख्यकलाई हेर्ने द्धष्टिकोण फरक भएको बताएका छन।
संविधानले लैंगिकताको आधारमा मात्रै नभएर कुनै पनि आधारमा कसैलाई भेदभाव गर्न नपाइने भनेको छ ।तर यौनिक तथा लैंगिक अल्पसंख्यक भएकाहरु भने संविधानमा लेखेका कुरा कार्यान्वयन हुन नसक्दाँ समस्या भएको बताएका छन।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले परिचय खुलाएरै मताधिकार उपयोग गर्न सक्ने वातावरण अझै पनि नबनेको गुनासो समेत गरेका छन्।
सुर्खेतका यौनिक तथा लैंगिक अल्पसंख्यक अन्जली विसीले परिचय खुलाएरै मताधिकार उपयोग गर्न सक्ने वातावरण अझै पनि नबनेको बताउनुभयो।
उहाँले चुनावनमा हरेक तहमा महिला र पुरुषको सिट अनिवार्य गरिएको राम्रो पक्ष भएको भन्दै लैंगिक अधिकार पनि सुनिश्चित गरिदिन माग गर्नुभयो।यस्तै नीलो हीरा समाजका संयोजक भक्ती शाहले सुर्खेत लगायत कर्णालीमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या दुइसय भन्दा धेरै भएपनि परिवार र समाजको डर खुल्न नसकेका बताउनुभयो।
उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलार्इ यो निर्वाचनमा केही दलले निर्वाचनमा उम्मेद्धावार बनाएर सकरात्मक काम थालेको भन्दै यो सबैले अनुसरण गर्नुर्नेमा जोडदिनुभयो।
यसैबीच कार्यक्रमलार्इ सम्बोधन गर्दै नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले आगामी दिनमा यस्तो विषयमा आफुहरु सकरात्मक भएर लाग्ने उल्लेख गर्नुभयो।
उहाँले केही कानुनी जटिलताका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलार्इ समेट्न नसकेको बताउनुभयो।
नेपाली कांग्रेस सुर्खेतका सचिव बालदिप कँडेलले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन कसैले पनि बेवास्ता गर्न नहुने बताउनुभयो।
उहाँले पाटीका घोषणपत्रमा अवदेखी लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका मागलार्इ सम्बोधन हुने खाल्का कार्यक्रम ल्याउने बताउनुभयो।
नेकपा एकिकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले आफ्नो पाटीले अहिले देशभर दुइ जना उम्मेलद्वार लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई गराएको दावी गर्नुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त पाटी, नेपाल मजदुर किसान पाटी, राष्ट्रिय जर्नमोर्चा, राप्रपा नेपाल, जनता समाजवादी पाटी लगायतका दलका नेताहरुले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका मागलाई दलहरुले गम्भिर रुपमा लिनुपर्नेमा जोड दिएका छन।
प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलवार १७:२२