सुर्खेत असोज, सडकोस्तर उन्नती हुन नस्कदा पश्चिम सुर्खेतमा बर्खायाम सवारीसाधन चल्न नसक्ने भएका छन।दुइदिनपरेको वर्षापछि आएकको बाढिपहिरोका कारण सडक अवरुद्ध भएपछि सडकमा गाडी संञ्चालन हुन सकेका छैन।
गाडी संञ्चालन हुन नसकेपछि सुर्खेत बसपार्कमा टिकट काउन्टर बन्द गरिएको जनाएको छ।बराहताल, पञ्चपुरी र चौकुने गाउपालिकाका नागरिकले यहि सडक भएर दिनहुँ यात्रा गर्ने गरेका छन।दशैको नजिकै आउदै गर्दा टिकट काउन्टर नै बन्द गरिएपछि यात्रुलाइ समस्या भएको छ।पश्चिममा सडकको ट्रयाक् खुलेको २९ बर्ष भईसक्दा पनि सडक अबस्था झनझन बिग्रिदैन गएको छ।
संघीय सरकारले मदन भण्डारी राजमार्गका रूपमा सडकलाई स्तोरउन्नति गरिने भन्दै ४ बर्ष अघि तत्कालीन स्वास्थ राज्यमन्त्री नबराज रावतले सिल्यानास गर्नुभएको थियो।सधैको जस्तै चुनावी नाराको रूपमा नेताहरुले यही सडकलाइ देखाएर निर्वाचन लडेपनि कसैले पनि यसलाइ प्रथामिकता नदिएको स्थानियको भनाइ छ।
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले साउन ५ गते सडक कालोपत्रेका लागि सडकको सिल्यानास गर्नुभएको थियो।
भौतिक पुर्वाधार निर्देशनालयले सडक निमार्णका लागि ४२ करोड ४७ लाख ६१ हजारमा सम्झौता गरेको छ।
आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।सम्झौता भएको करिब महिना बितिसक्दा पनि ढेकेदार कम्पनीले अहिले सम्म कुनैपनि काम सुचारू गरेको छैन।
स्थानीयहरूले बर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन्।प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरबाट नजिक रहेका पालिका सम्म पुग्न २ दिन सम्म लाग्ने गरेको छ।
प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार १७:३६