असोज २, सुर्खेत – बाढि पहिरोले पुर्याएको क्षेति पुर्याएको पश्चिम सुर्खेतमा राहत वितरणको लागी सरकारी टोली भोली प्रभावित क्षेत्रमा जाने भएको छ।
दुइदिन बर्षाले पश्चिम सुर्खेतमा ठुलो क्षति पुर्याएको छ। स्थानिय प्रशासनले सम्बन्धित पालिका संग समन्वय गरेर पिडितलाइ राहत तथा क्षेतिको विवरण संकलन गर्ने जनाएको छ।तीन वटा स्थानीय तहमा बाढीपहिरो र डुबानले भौतिक संरचनासँगै पशुचौपायाको ठूलो क्षति गरेको स्थानिय प्रशासनले जनाएको छ।
वर्षाका कारण बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरो आएको हो ।वर्षातको विपत्तिले तिन पालिकाहरूमा सयौँ घरधुरी विस्थापित भएका छन भने कयौ प्रभावित भएका छन।मानवीय क्षति भने नभएको स्थानिय प्रशासनले जनाएको छ।
बाढी र पहिरो प्रभावित क्षेत्रहरूको विवरण संकलन कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो।ठाँउठाँउमा सडक अवरुद्ध हुदाँ क्षेतिको एकिन गर्न र राहत वितरण गर्न समस्या भएको बताउनुभयो।बाढी र पहिरोले पञ्चपुरीका विभिन्न वडामा गरी ६३ भन्दा बढीमा क्षति भएको बताउनु भयो।
बराहतालमा २९ वटा घर जोखिममा परेका छन भने चौकुनेका विभिन्न ठाँउमा गरेर ११ वटा घरमा क्षेतिभएको प्राराम्भिक तथाङक प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो।
विस्थापित परिवारहरू नजिकै रहेको विधालय तथा आफन्तको घरमा बसेका छन।बाढीले किसानले लगाएको धानखेतिमा बाढीले नोक्सान गरेको छ भने भैंसी, गाई, गोरु र बाख्रा गरी दर्जनभन्दा बढी चौपाया गोठमै पुरिएर मरेका छन्।पश्चिमका विभिन्न ठाँउमा अझै बाढी र पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ।आज पनि पानी परेकाले राहत तथा उद्धारमा समस्या भएको जनार्इएको छ।नदी तटिय क्षेत्र र भिरालो जमिन भएका ठाउँमा सतर्कता अपनाउन भनेको हो।
प्रकाशित मिति: २ आश्विन २०७९, आईतवार १७:०१