१९ भदौ, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकोलागी कर्णाली प्रदेशमा खेलकुद छनोट आजबाट शुरु भएको छ।
खेलकुद छनौट शुरुभएपनि खेलकूद सामग्री, मैदान लगायतका भौतिक संरचना तथा पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएको बताएका छन।खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा कर्णालीलाई चिनाउने अवसर भएपनी खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ।पर्याप्त पूर्वाधारको अभाव हुँदा पनि कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर देशको नाम चिनाउन सफल भएका छन।
यही असोज २८ देखी कार्तिक ३ गतेसम्म पोखरमा हुने प्रतियोगितमा कर्णालीबाट विभिन्न २९ वटा खेलमा सात सय ३५ जना खेलाडीले सहभागिता जनाउने भएका छन।अहिले कर्णालीका विभिन्न जिल्लामा प्रतियोगिताको लागी खेलाडी छनौटको काम भर्इरहेको प्रदेश खेलकुद परिषद प्रदेश खेलकुद परिषद्को सदस्य सचिव विश्वमित्र संज्यालले बताउनुभयो।
छनोटको लागी जिल्लादेखी प्रदेशसम्म डेढ करोड खर्च लाग्ने अनुमान गरिएको उहाँको भनार्इ छ।यता खेलाडीहरुले भने भौतिक पुर्वाधार देखी वैकल्पिक खेल मैदान नुहुदाँ प्रशिक्षण गर्न समस्या भएको बताउदै आएका छन।सुर्खेतको वीरेन्द्रनगरमा रहेको रंगशाला निर्माणको क्रममा रहेको छ भने कालिञ्चोकमा रहेको मैदान पनि तयार हुन बाँकी नै रहेको छ।
कर्णालीको प्रदेश गौरवको आयोजनाको काम हाल ३० प्रतिशत पूरा भएको आयोजकको दावी छ। दशौ राष्ट्रिय खेलकुदको आयोजना कर्णालीमा हुने भएकाले अहिले यहाँ पुर्वाधार तयारी भर्इरहेकाले खेलाडीको प्रशिक्षणमा समस्या आएको उहाँले बताउनुभयो।अवको दुइबर्ष भित्र खेलकुदका सबै पुर्वाधार निर्माणका काम सकिएपछि त्यपछि कर्णालीमा खेलकुद पुर्वाधारको अभाव नहुने उहाँको भनार्इ छ।प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्य लिएको छ।
तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित मिति: १९ भाद्र २०७९, आईतवार १७:०३