१८ भदाै, नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य तथा पुर्वमन्त्री हृदयराम थानीलाई सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ।
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले नेता थानी सहित चार जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो। नेता थानीसँगै श्याम भारती, निरञ्जन केसी र कलम बहादुर खत्रीलाको नाम सिफारिस गरेको छ।अरु नेताको नाम सिफारिस गरिको भएपनि यसक्षेत्रबाट बलियो उम्मेदवार थानीनै भएकाले टिकट थानीकै नाममा आउने नेताहरुको भनार्इ छ।
कांग्रेसका प्रभावसाली नेताको छवि बनाउनु भएका नेता थानी २०५१ सालदेखी सुर्खेत क्षेत्रनम्बर २ बाट निर्वाचन लड्रदै आउनुभएको छ ।नेता थानी २०५६ र २०७० सालमा भएको निर्वाचनमा विजयी हासिल गर्नुभएको हो । २०५१, २०६४ र २०७४ सालमा भने पराजित हुनुभएको हो।
नेता थानी सुर्खेतमा मात्र नभएर राष्ट्रिय राजनितिमा बलियो पहुँच बनाउनु बनाउनु भएको छ।विधार्थी राजनितिबाट मुलधारको राजनितिमा आउनुभएका नेता थानी पाटी निर्माण तथा संगठन विस्तारमा दख्ल हुनुहुन्छ ।
यसैबीच क्षेत्र नम्बर २ अन्तर्रगतको प्रदेश क ले पनि प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ।कमिटिले पाटीका निर्वतमान सभापति कमलराज रेग्मी सहित ९ जनाको नाम सिफारिस गरेको हो।प्रदेश कमिटिले निर्वतनमान सभापति रेग्मी सहित कर्णबहादुर बुढा, कालिप्रसाद शाक्य, नारायण सापकोटा,देवकुमार सुवेदी, हरि विष्ट, गोविन्द्र कोइराला, तिर्थजंग शाही र बालदिप कँडेलको नाम सिफारिस गरेको छ।
यी मध्ये रेग्मीलाइ बलिलो उम्मेद्वारको रुपमा हेरिएको छ। यसअघि २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा रेग्मी वामगठबन्धनका उम्मेद्वार यामलाल कँडेल संग पराजित भएका हुनुभएको हो। अघिल्लो बामगठबन्धको निर्वाचनमा चुनावमा पराजित हुने थाहापाउद पाउदै पनि रेग्मी पाटीको लागि निर्बाचनमा होमिनु भएको थियो। त्यही कारण पनि रेग्मीको विकल्प नभएको कांग्रेस नेताहरुको भनार्इ छ।
पाटीमा गरेको योगदान र वरियतामा पनि रेग्मी नै अगाडी हुनुभएकाले प्रदेश सदस्यमा रेग्मीकै टिक्क पक्का हुने नेताहरुको भनाइ छ।सुर्खेत क्षेत्र नम्बर २ नेता थानीको क्ष्रेत्र भएकाले यता थानी निकटका नेतालाइ टिकट दिने र उता क्षेत्र नम्बर १ मा उपसभापति निकटकाले टिकपाउने नेताहरुको भनाइ छ।क्षेत्र नम्बर १ बाट उपसभापति पुर्णबहादुर खड्काको नाम एकल रुपमा सिफारिस भइसकेको छ ।प्रदेश क बाट पाटी सभापति खड्क पोखरेल, निर्वतमान उपसभापति टेकबहादर सिह चित्र रेग्मी र केशर बहादुर वलिको नाम सिफारिस भएको छ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले विगतको साख जोगाउन सक्ला आम चासोको विषय बनेको छ।
विगतमा गुमेको साख जोगाउने मुख्य जिम्मेवारी केन्द्रीय नेतृत्वमा समेत पुगिसकेका कांग्रेस नेताहरु खड्का र थानीको काँधमा छ। उनीहरु दुवै सुर्खेतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने केन्द्रीय नेतृत्वले पनि यी दुवैले जित्ने आन्तरिक आँकलन गरेको छ। त्यति मात्र होइन सुर्खेतमा लामो समयदेखि कांग्रेसभित्र खड्का र थानी गुट समानान्तर रुपमा चल्दै आएका छन्। 
यस पटक उम्मेदवार छनोटमा पनि दुवै गुटलाई बराबर पर्ने गरी उम्मेदवार मिलाउने हो भने विजय हासिल गर्न सकिने आँकलन कांग्रेस नेताहरुको छ।
प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार ११:१०