सुर्खेत, कर्णाली प्रदेश माओवादी बलियो जनाधार भएको क्षेत्र हो । दश बर्षै जनयुद्धको आधार भूमि पनि कर्णाली प्रदेश नै हो । शान्ति प्रक्रियापछि माओवादीको बलियो उपस्थिति यही प्रदेशमा छ । २०६४, ०७, ०७४ का निर्वाचनमा पनि माओवादीले कर्णालीमा जनयुद्धको आधार जोगाउन सफल भयो । ०७४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादीले आधार भत्कीन दिएन् । माओवादी र एमाले मिलेरपछि बनेको नयाँ पार्टी (नेकपा) र कर्णाली प्रदेश सरकारको नेतृत्व पनि माओवादीले नै ग¥यो । तर माओवादीको केन्द्रीय पदाधिकारीमा भने कर्णालीको कमजोर उपस्थिति भएको छ । २१ सदस्यीय केन्द्रीय पदाधिकारीमा कर्णाली प्रदेशबाट जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत मात्रै अटाएका छन् । जनार्दन र शक्तिबाहेक जनयुद्धको सुरुवातिदेखि खटिएका कर्णालीबाट नेता कार्यकर्ताहरु केन्द्रीय पदाधिकारीमा अटाउन सकेनन् । जनयुद्धकालीन सहयात्र्रीहरु सल्यानका टेकबहादुर बस्नेत, जाजरकोटका कालीबहादुर मल्ल र मायाप्रसाद शर्मा, कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरु केन्द्रीय पदाधिकारीमा अटाउन सकेका छैनन् । यसले आगामी दिनमा पनि कर्णाली प्रदेशमा माओवादीको आधार इलाका जोगाउन जिम्मा माओवादीले शक्ति र जनार्दनकै काँधमा सुम्पिएको छ ।
विवरण अनुसार नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन् । यसअघि सो पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । उनीहरुलाई उपमहासचिव बनाइएको छ । माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ । माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन ।
यस्तो छ माओवादीको २१ सदस्यीय केन्द्रीय टिम
अध्यक्ष: पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष: कृष्णबहादुर महरा
महासचिव: देव गुरुङ
उपमहासचिव: वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल
सचिव: दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त
प्रकाशित मिति: ५ भाद्र २०७९, आईतवार १०:२४