राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको बताउनुभयो।
नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम भर्इरहेको भन्दै ‘अहिले रुजु गर्ने काम भइरहेको बताउनुभयो।
विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उहाँको भनार्इ छ।
विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालय नै आउनुपर्ने बाध्यता छ।
बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन।
कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै यसपटक एसईई परीक्षा संचालन गरेको थियो।
कोभिडका बेला आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो।
५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।
त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।
प्रकाशित मिति: १ श्रावण २०७९, आईतवार १५:४२