साउन ३२, दैलेखको गुराँस गाउँपालिकाले भएको घटनाको छानबीनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
आज बसेको सर्वदलीय बैठकले घटनाको छानबीनका लागि समिति गठन गरेको हो।
बैठकले गाउँपालिकामा करार कर्मचारीको सन्दर्भमा भएको घटनाबारे सत्यतथ्य छानवीन समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
यसको संयोजकमा दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल रहेका रहनुभएको छ।
यस्तै, सदस्यहरूमा जिल्ला समन्वय समिती दैलेख निमित्त जिल्ला समन्वय अधिकारी भक्तवहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा रहनुभएको छ।
यस्तै, अनुन्धान समितिले आजको मितीदेखि १५ दिन भित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वयमा पेश गर्नुपर्ने जनाईएको छ ।
यस्तै, पालिकाले करार सेवामा कार्यरत कर्मचारीहरुको आन्दोलनबाट थप क्षति हुन नदिन सुरक्षाकर्मीहरुले परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारणहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ।
प्रकाशित मिति: ३२ असार २०७९, शनिबार १७:२३