असार २६, बाँकेमा पर्याप्त वर्षा नहुँदा बाँकेमा धान रोपाइँ न्यून भएको छ।
रोपाइँ गर्न ढिलाइ हुँदा खेतको बीउ पनि छिप्पिँदै गएको किसानहरूको गुनासो छ । किसानहरूले समयमै वर्षा हुने आसामा एक महिनाअघि नै बीउ राखेका थिए ।
पानीको अभावपछि खल्डाखुल्डीमा रहेको पानी किसानहरूले पम्पसेटबाट तानेर सिँचाइ गरी रोपाइँ प्रयास गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र नेपालगन्जले वर्षा नभएका कारण जिल्लामा करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
करिब ३० प्रतिशत खेतियोग्य जग्गामा सिँचाइ हुने गरेको छ ।
समयमै रोपाइँ हुन नसके उत्पादन घट्नसक्ने कृषि अधिकारीहरूको भनार्इ छ।
धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रासायनिक मलले काम गर्छ । बुढो ब्याडलाई घना रुपमा रोपाइँ गर्न कृषि अधिकारीहरूको सुझाव छ ।
छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाइँ गरे उत्पादन बढ्ने विज्ञहरूको भनार्इ छ ।
पानी अभावका बावजुद बाँकेको उत्तरपूर्वी क्षेत्र राप्ती सोनारी क्षेत्रमा बढी रोपाइँ भएको छ । तर पश्चिमका खजुरा, बैजनाथ, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरका किसानले निकै कम धान रोपाइँ गरेका छन् ।
प्रकाशित मिति: २६ असार २०७९, आईतवार १६:२१