सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर–१० बुदबुदीमा निसास्सीएर आमासहित तीन बालबालिकाको मृत्यु भएको छ । कोइला बालेर सुतेका उनीहरु विहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा आमा ३५ वर्षीया कल्पा बुढा (विसी), ९ बर्षिय छोरा निरज बुढा, आठ बर्षिय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढा छन् । मृतक सोमराज कल्पानाका जेठाजुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला बालेर सुतेका मृत फेला परेको जानकारी दिए ।
प्रकाशित मिति: २ माघ २०७८, आईतवार १३:३३