काठमाडौं । नेपालमा काेराेना भाइरसका ४४३ जना सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ । नेपालमा हालसम्म सात हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलवार २०:०५