काठमाडौं । नेपालमा काेराेना भाइरसका ९५७ जना सङ्क्रमित थपिएका छन् । आठ हजार १४० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९५७ जना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार चार जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलवार १८:५४