काठमाडौं । नेपालमा काेराेना भाइरसका ५७४ जना सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमित थपिएका हुन् । दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा १०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १६४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार ८०४ जना छन् ।
प्रकाशित मिति: १७ आश्विन २०७८, आईतवार २०:३४