काठमाडौं । नेपालमा काेराेना भाइरसका ८९२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमित थपिएका हुन् ।
तीन हजार ८८९ वटा एन्टीजेन परीक्षण गर्दा २६५ जनाको कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ११३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
सक्रिय सङ्क्रमित हुने १८ हजार १९३ जना छन् ।
प्रकाशित मिति: १३ आश्विन २०७८, बुधबार २०:२०