काठमाडौं । नेपालमा काेराेना भाइरसका ९०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९०४ जनामा सङ्क्रमित थपिएका हुन् । दुई हजार ३३१ वटा एन्टीजेन परीक्षण गर्दा २५४ जनाको कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३१८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ११५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार २०:२२