काठमाडौं । नेपालमा काेराेना भाइरसका ७९० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७९० जना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा एक हजार ३७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित १९ हजार ७०० जना छन् ।
प्रकाशित मिति: ९ आश्विन २०७८, शनिबार २१:१३