काठमाडौं । नेपालमा काेराेना भाइरसका ९४१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९४१ जनामा सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ७ आश्विन २०७८, बिहीबार २१:५९