काठमाडौं । नेपालमा काेराेना भाइरसका एक हजार २५१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २५१ जना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा एक हजार ६३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०७८, बुधबार २०:२०