काठमाडौं । नेपालमा काेराेना भाइरसका ९७५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७८६ आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ३१ वटा एन्टीजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ९५७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित २२ हजार ३२३ जना रहेका छन् ।
प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार २१:२९