काठमाडौं । नेपालमा काेराेना भाइरसका ६५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षण गरिएकोमा ६५६ जनामा सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ७०९ वटा एन्टीजेन परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ३ आश्विन २०७८, आईतवार २१:१८