मुगु । जिल्लाको एक स्थानीय सरकारले आफ्नो क्षेत्रभरीमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्ना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो ।
शुक्रबार परेको ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गर्दै नगर क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको जनाएको छ ।
भत्ता बुझन आएका एकल पुरुषहरुले एकल महिलाझै आफुहरुले पनि भत्ता पाउँदा खुशी व्यक्त गरेका छन् । वडा नं १४ का ५० वर्षीय जुद्घ बढुवाल भन्नुहुन्छ–राज्यले एकल महिला भत्ता, वृद्ध भत्ता, बालबालिका भत्ता दिदै आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर वेसाहारा, एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघीय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानीय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छ नत्र अरुले भत्ता बुझदा हामीहरु विगतमा दोस्रो दर्जाका नागरिक रहेछौ भनेर सम्झन्थ्यौ ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ का ५३ वर्षीय कृष्ण बहादुर हितानले नगरप्रमुख हरिजंगशाहीको हातबाट ६ हजार भत्ता बुझ्दै भन्नुभयो–नगर प्रमुख र सबै वडा अध्यक्षहरुको जय होस, बर्षौ देखि समाजमा एकल भएर वेसहारा भै जिवनविताई रहेका हामीहरुले बालबच्चाको शिक्षा, पालनपोषण र घर खर्च चलाउदा समस्याभोग्दै आएका थियौ अब हामीलाई सहजहुने भयो ।
वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाईले गाँउ बस्तिमा पुग्दा अन्यलाई भत्ता दिएपनि एकल पुरुषलाई राज्यले नदेखेको पाएपछि कार्यपालिकाको बैठकमा एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था गरौ भनेर कुरा उठ्दा सबै साथीहरु सहमतभएको बताउनु भयो ।
वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले हामी नेपाली भौतिक विकासलाई मात्र विकास भन्छौ जबसम्म समाजमा अपहेलित भएका, पिछडिएका र छेउ पारिएका एकल पुरुष जस्तै अन्यलाई पनि राज्यको दायरामा ल्याउदैनौ तबसम्म अन्य जे सुकै विकास गरेपनि त्यो सार्थक नहुने बताउनु हुन्छ ।
देशमा रहेका ७५३ वटा स्थानीय तहहरु मध्यदुर्गम हिमाली जिल्लामा रहेको छायाँनाथ रारा नगरपालिकाले भौगोलिक, राजनैतिक तथा अन्य बाधा कठिनाईका बाबजुदपनि नमुना काम गर्दै गएको र यहि नगरको सिको गर्दै प्रदेश लगायत अन्य स्थानीय सरकारहरुले कार्यक्रम कपि गर्ने गरेको र काँग्रेसबाट नगर प्रमुख उम्मेदवार सहि र वास्तविक छनौट गरेछौ भनेर आफु सहित पार्टीलाई गर्भ लाग्ने गरेको नेपाली काँगे्रस मुगुका पार्टी सभापति खड्क बहादुर शाहीले बताउनुभयो ।
सहभागी १२६ जनाएकल पुरुषहरुलाई आर्थिक वर्ष २०७६ को एकल पुरुष भत्ता वितरण गर्दै नगर प्रमुख हरिजंग शाहीले नगरपालिकाले शुरु गरेका विभिन्न ऐतिहासिक कार्यक्रम र योजना मध्ये एकल पुरुष भत्ता पनि एक भएको बताउनु भयो उहाँले भन्नुभयो भौतिक विकासका साथै नगरपालिकाको टिम निर्वाचितभएर आएयता एक छोरी एक खाता, एकल पुरुष भत्ता, दुई सन्तान पछि परिवार नियोजन दप्पती भत्ता, स्वास्थ्य स्यमं सेवीका संचार भत्ता, विपन्न विद्यार्थी अनुदान, नगर प्रमुख स्वरोजगार कार्यक्रम, गरिवसंग मेयर कार्यक्रम, बालविकास केन्द्र सहयोगी कार्यकर्ता शतप्रतिशत प्रोत्साहन भत्ता, शिक्षक अनुदान जस्ता कार्यक्रमहरु शुरु भै कार्यान्वयनमाल्याएका छौ ।
देशमा रहेका केही स्थानीय सरकारहरुले यस अघि एकल पुरुष भत्ता दिने घोषणा गरेपनि भत्ता वितरण शुरु गर्ने छायाँनाथ रारा नगरपालिका देश भर मै पहिलो भएको र ४० वर्ष भन्दा माथी ६० वर्ष मुनिका एकल पुरुषहरुलाई मासिक ५०० का दरले वार्षिक ६ हजार एकल पुरुष भत्ता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताउनु भयो ।
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार २२:००