काठमाडौं । नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।
हाल आठ हजार ३२० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ९७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४३ हजार ६६४ जना निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु भएकाे जनाएकाे छ ।
प्रकाशित मिति: ५ पुष २०७७, आईतवार २१:४३