काठमाडौं । नेपालमा कोरोना भाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हाल आठ हजार ८४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार १७५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु भएकाे जनाएकाे छ ।
प्रकाशित मिति: ४ पुष २०७७, शनिबार १९:३६