काठमाडौं । कोरोना भाइरस महामारीले नेपालीलाई परेको आर्थिक कठिनाईलाई साथ दिई नेपालीको मुहारमा मुस्कान ल्याउन नविल बैंकले आकर्षक योजना शुरु गरेको छ ।
कोरोना भाइरसको महामारीको कठिन समयमा नबिल बैंकलेसँगै अघिबढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रतीको उत्तरदायी बोध गरी व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजनाशुरू गरेको बैंकका प्रमुख संस्थागत संचार बिभागका कृष्ण सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खातामा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने आशा गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैंकले ल्याएको नयाँ योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गरिने छ । २ वर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५% ब्याजदर र५ वर्षभन्दा माथिव्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५०% ब्याजदरप्रदान गरिने भएको छ ।
साथै, कर्जा अन्तर्गत घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९%, साना तथा मझौला कर्जामा रु एक करोड सम्मको कर्जामा ७.४९% र रु एक करोड भन्दा माथिको कर्जामा ७.९९% ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ ।
नयाँ योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने समेत बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको नबिल बैंकका ११९शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा नविल बैंक रहेको दावी गरिएको छ ।
प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार १४:३९