मुगु । ५ दिनमा कोरोनालाई जितेका लेखा अधिकृतले आईशुलेसन व्यवस्थापनका लागि आर्थिक सहयोग गर्नुभएको छ । गत ८ गते कोरोना पोजेटिप देखिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृत सुरेश कुमार केसीले आईसुलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गर्नु भएको हो ।
लेखा अधिकृतले आफ्नो दोस्रो परीक्षणमा नेगेटिप रिर्पोट आएमा आईसुलेसन व्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार सहयोग गर्नु भएको हो ।
कोरोना संक्रमण देखिएको ५ दिन मै कोरोनालाई जितेका केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलालाई आफुले घोषणा गरे बमोजिमको रकम जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै लेखा अधिकृत केसीले आफु ५ दिन आईसुलेसनमा बस्दा आफ्नै कार्यालयका चिकित्सक देखि अन्य कर्मचारीले अपहेलना गर्ने जस्ता व्यवहार गरेको र आईसुलेसनमा रहेका संक्रमितहरु रोगले भन्दा बाहिरका व्यक्ति तथा आफन्तहरुले गर्ने व्यवहारबाट पीडित भै मनोबल बढाउन नसकि मृत्युको मुखमा जाने गरेको अनुभव सुनाउनु भयो ।
आईसुलेसनमा रहँदा स्वास्थ्यका तल्लो तहका कर्मचारी उपचार तथा अन्य कार्यमा खटिने भएपनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनु पर्ने पनि लेखा अधिकृत केसीले बताउनु भयो ।
कोरोना संक्रमण रहेकै बेला लेखापालले सामाजिक संजालमा आफै आफ्नो नाम सार्वजनिक गदै आईसुलेसन व्यवस्थापनका लागि ५० हजार दिने घोषणा गर्नुले कोरोना केही होईन, आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिन्छ त्यसैले संक्रमितलाई स्वास्थ्यकर्मी, घरपरिवार र आफन्तहरुले मनोबल बढाउने खालका कुराकानी, क्रियाकलाप गर्नु पर्ने भन्ने सन्देश दिएको प्रजिअ कृष्ण कुमार निरौलाले बताउनु भयो ।
केसीले गरेको सहयोग र संक्रमित हुँदा देखाएको आत्मबलको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह र पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले प्रशंसा गर्नुका साथै भावी दिनमा हुनसक्ने संक्रमित र अन्यलाई प्रेरणाको स्रोत भएको बताउनु भएको थियो ।
मुगु जिल्लामा उहाँ सहित ४ जनालाई कोरोना संक्रमण देखिएकोमा सबैले कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।
जिल्लाबाट पछिल्लो समयमा गरिदै आएका सबै स्वाव परीक्षणमा नेगेटिप रिर्पोट मात्र आउन थालेपछि स्वास्थ्य तथा जनासख्या मन्त्रालउले मुग जिल्लालाई कोरोना संक्रमित शुन्य जिल्ला भनेर आफ्नो रेकर्डमा राखेको छ ।
प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार १९:४९