मुगु । जिल्लास्थित सबै सरोकारवाला निकायको समन्वयमा स्थानिय प्रशासनले बुधवार बाट लागुहुने नगरक्षेत्रलाई १ हप्ताका लागि निषेधाज्ञा जारी गरेपछि सदरमुकाम लगायत आसपासका गाउँ बस्तीहरु सुनसान छन् ।
मुगु जिल्लाका १ नगर सहित जम्मा४ ओटा स्थानिय निकाय मध्ये छायाँनाथरारा नगरपालिका र खतेड गाउँपालिकामा कोरोना भाईरस संक्रमित देखिएपछि यसले समुदाय स्तरमा महामारीको रुपमा नफैलियोस भनेर जिल्लामा उच्च सर्तकता अपनाईएको छ ।
कोरोना संक्रमितको संख्या बिस्तारै देखापर्न थालेपछि मंगलवार प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाको अध्यक्षतामा बसेको जिल्ला (कोभिड १९) संकट ब्यबस्थापन केन्द्रको बैठकले आपतकालिन सेवादिने व्यवसाय, संस्था र कार्यालय बाहेक अरु सबै सेवा बन्द गर्ने सहमति भएको थियो ।
उक्त निर्णय लाई आधार मानी स्थानिय प्रशासनले बुधवार बाट १ हप्ताका लागि निेषेधाज्ञा जारी गरेपछि मानिसहरुको उपस्थिती नहुँदा गमगढी बजार लगायत आसपासका बस्तीहरु सुनसान बनेका हुन् ।
नगर क्षेत्रमा निषेधाज्ञा सफल बनाउनकालागि छायाँनाथ रारा नगरपालिका कर्मचारी, नेपाल प्रहरी लगायत अन्य सुरक्षाका अंगहरुले जिल्लाको नगरक्षेत्रमा प्रबेश गर्ने नाकाहरुमा कडाई गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।
कोरोना फैलिन बाट बचाउनका लागि छायाँनाथरारा नगरपालिकाले मंगलवार देखि गमगढी बजारका बासिन्दाहरुको आरडिटी परिक्षण शुरु गरेको छ्भने आरडिटी पोजेटिभ आएका मानिसहरुको पुनः पिसिआर परिक्षण गर्नका निम्ति स्वाव संकलनगरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईने बताईएको छ ।
मु
गु जिल्लाको सदरमुकाम गमगढी बजार, मुगु जिल्ला लगायत जुम्लाका केही गाउँ र हुम्लाका तल्लो भेगका मानिसहरुको मुख्य ब्यापारी केन्द्र भएकाले दैनिकजसो चामल लगायत अन्य मालसामानहरुको खरिदकालागि मानिसहरुको दैनिक जसो बाक्लो उपस्थिति रहँदै आएको थियो ।
प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार १३:२५