मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नंं १० सालीम खोलामा पुल नहुँदा स्थानीय नागरिकहरुलाई आवातजावतमा समस्या रहेको छ ।
गमगमढी नाक्चे–लाग्न सडक अन्तर्गत सालीम खोलामा पुल नुहदाँ स्थानीय नागरिकहरु खाली खुट्टा खोला तर्न बाध्य भएका हुन । हिउँदमा खोला घटेर बाटो सहज भए पनि बर्खाको समयमा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न समस्या हुने छ ।
सालीम खोलामा पक्की पुल नहुँदा हरेक बर्ष बर्खाको समयमा नागरिकहरुले दुख पाईरहेका छन । बर्खाको समयमा खोलामा भेल आउने हुँदा करिब २० मिटरको दुरीमा उर्लदो कर्णालीको भेल भएकाले आफूहरु जोखिमपूर्ण तरिका बाट खोला तर्ने गरेको स्थानियको भनाई छ ।
हिउँदमा खोलामा ढुङ्गा र माटोको थुप्रो बनाई स्थानीय हिड्ने गरेका भएपनी बर्खाको समयमा ढुङ्गा र माटोे खोलाले बगाउने भएकाले बर्सेनि जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको नागरिकहरुको गुनासो रहेको छ ।
मुगुको बाटो आफैंमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुलपनि बगाउने समस्याले वर्षैंपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ ।
हिउँदमा खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा पानी धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालीम खोला तरेर गमगढी आउने र गमगढी बाट घर जाने तथा मुगु कार्मारोग गाउँपालिका जाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका छन ।
सडक व्यबस्थित नगरिदा आफुहरुले आवत जावतमा समस्या भोग्दै आएको बर्षौं भएको भएपनि यस तर्फ सम्बन्धित निकाय मौन रहेको आरोप स्थानियको छ ।
पुल नहुँदा, मुगुम कार्मारोग गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०, ११, १२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन् । उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ्भने मानिससँगै गाईवस्तु वारपार गर्न समेत समस्या भएको छ ।
प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १६:१२