मुगु । मुगु जिल्लामा नेपाल प्रहरी, सामुदायिक प्रहरी र स्थानिय जनप्रतिनिधिका साथै संचारकर्मीको सहयोगमा गाँजा नष्ट अभियान थालिएको छ ।
नेपाल सरकार गृहमन्त्रालयको निर्देशनमा गाँजाका बोटहरु नष्ट गर्ने काम थालिएको नेपाल प्रहरीले जनाएको छ । जिल्ला भरिका १ नगर सहित ४ वटै स्थानिय निकायका ४५ वटै वडा भित्रमा रहेका गाँजाका बोटहरुलाई नेपाल प्रहरी र स्थानिय जनप्रतिनिधिका साथै नागरिकहरुको सहयोगमा गाँजा नष्ट गर्ने कार्यक्रमकालागि पत्राचार गरिसकिएको मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिनु भयो ।
आफु मुगु आउने बितिकै लागुऔषध मुक्त जिल्ला बनाउने आफ्नो प्रमुख लक्ष अनुसार अभियान थाल्दा १४ जना लागुऔषध कारोवारी र सेवन गर्नेलाई पक्राउ गरि कारर्वाही गरिसकिएकाले अहिले जिल्लामा लागुऔषध ओसारपसार र सेवन पुनः नियन्त्रणमा रहेको उहाँले बताउनु भयो ।
पछिल्लो समय अधिकांस युवाहरु भाङ, गाँजा, अतर हुँदै लागुऔषधमा फस्नेको संख्या बढ्दै गएकोले समाजमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दे गाँजा, अतर लगायत अन्य लागुऔषध सेवनमा कमी ल्याई दुव्र्यसनीमा फस्न नदिन टेवा पु¥याउने उद्धेश्यका साथ नेपाल सरकार गृह मन्त्रालयले गाँजा नष्ट अभियान देशभरि लागु गरेको शाहले जानकारी दिनु भयो । उहाँका अनुसार मुगु जिल्लाका १ वटा नगर सहित ४ वटै स्थानिय निकायमा गाँजाका बोटहरु नष्ट गर्ने अभियान रहेको छ ।
सोमवार छायाँनाथ रारा नगरपालिका वडा नं १ स्थित श्री महाकाली नमुना माध्यमिक बिद्यालय को नजिकैकोको भवनको पछाडि पट्टिको तलतिर जाने बाटोको दायाँबायाँको भागमा रहेको गाँजाका बोटहरु नष्ट गर्नेकाम छायाँनाथ रारानगरपालिका वडा नं १ का वडा अध्यक्ष लोकबहादुर हितानको रोहवरमा शुरु गरिएको थियो । गाँजा नष्ट अभियानमा नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका पदाधिकारी, स्थानिय युवा र संचारकमीकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १५:५९