मुगु । मुगु स्थित छायाँनाथ रारा नगरपालिका वडा नं. १ श्रीनगर गाउँका ३८ बर्षीय मोहन कुमार मल्ललाई हिड्डुल गर्दा होस् वा चिसो लाग्दा होस् सँधै पिडौलाका भित्र दुख्ने गथ्र्याे । यसरी पिडौला दुख्दै आएको ४र५ वर्ष भयो शुक्रबार जिल्ला अस्पताल मुगुमा चलेको शिविरमा आफ्नो पिडौलाको समस्या बारे चेकजाँचमा तिर्घाको तल खुट्टाको माथी रहेको हड्डी चर्कीएको र लामो समय आराम गर्नु पर्ने सल्लाह पाउनु भयो ।
नगरपालिका कै वडा नं. ७ बालै गाउँका १७ बर्षीय गगन भामको बायाँ खुट्टामा संक्रमण भएर सँधै सुनिने र दुखिरहेको लामै समय भएको थियो आर्थिक अवस्था कमजोर भए कै कारण पिडालाई सहदै आउनुभएका उहाँको शनिबार दिउँसो जिल्ला अस्पताल मुगुमा निःशुल्क अपे्रसन भएर खुट्टाको समस्यामा क्रमश सुधार हुँदै गएको छ ।
वडा नं. १० घट्लेखकी १० बर्षीया रेश्मा भामको ३ बर्ष अघि वनमा गाईवस्तु चराउन जादा लडेर देवे्र हात भाचिएको थियो । गरिव, दुर्गम, आर्थिक अवस्था नाजुक भए कै कारण उहाँको पनि समयमा उपचार हुन सकेन, बांगिएको हातको पिडा सहदै दिनहरु कटदै आएकी रेश्माको शनिबार दिउँसो जिल्ला अस्पताल मुगुमा हातको अपे्रशन भएपछि बर्षाै देखिको पिडा हटेको छ भने बांगिएको हात सोझने भएको छ ।
यी घटना त प्रतिनिधि घटना मात्र हुन् । गत बुधबार मुगु पुग्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले जिल्ला अस्पताल मुगुमा विहीबारबाट हाडजोर्नी शिविर शुरु गरेपछि भाम, मल्ल जस्तै विभिन्न कारणले हाडजोर्नीहरुको समस्या झेल्दै आएकाले निःशुल्क उपचार सेवा पाएका छन् ।
दुर्गमका कारण काम गर्ने शिलशिलामा लडेर अंगभंग हुने र समय मै उपचार नभएर अपाङ्क भएर बाच्नेहरु दुर्गम जिल्लामा धेरै भेटिन्छन् । हुने खानेहरुले समय मै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा गएर उपचार गर्ने गरेपनि अधिकांश बिरामी गरिव भएका कारण हाडजोर्नी लगायत अन्य रोग लागेमा भरसक गाउँघर कै पुरानो प्र्रविधि जडिबुटीको प्रयोग गरेर उपचार गर्ने गरेका छन् ।
साविकको कर्णाली अंचलका जिल्लामा पुगेर जनताको निःशल्क उपचार तथा स्वास्थ्य सल्लाह दिँदै आउनु भएका डा केसी बुधबार मुगुमा पुगेपछि बर्षौ देखि हाडजोर्नी सम्बन्धि समस्या भोग्दै आएका बिरामीले निःशुल्क उपचार, सल्लाह पाएपछि मुगालीले अकस्मात भगवानको रुप लिएर डा केसी आएको अनुभूति गर्न थालेका छन् ।
रेश्मा की आमा दन्ता भामले भन्नु भयो, ‘कोरोना फैलिएको बेला कोहीलाई कतै जान दिदैनन् तर पनि डाक्टर साव आए, पैसा नभएर छोरीको उपचार गर्न सकेका थिएनौ, बांगिएको हातले जिवन कसरी चलाउली भनेर चिन्ता लाग्ने गरेको थियो रेडियोमा निःशुल्क उपचार गर्न डाक्टर जिल्ला अस्पतालमा आएका छन् उपचार गर्न आउनु भन्ने सूचना सुन्यौं र अस्पताल आउँदा छोरीको हात अप्रेसन भयो हामीले कल्पनै गर्न नसकेको उपचार भयो हाम्रो परिवारका लागि उहाँ भगवान कैै रुप लिएर आउनु भयो ।
यती बेला डा केसी जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटी सहित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा जिल्लाका कुना कन्दरा तथा दुर्गम बस्तिबाट उपचारका लागि आएका बिरामीको उपचारमा तल्लिन रहनु भएको छ ।
विहीवारबाट निःशुल्क हाडजोर्नी सम्बन्धि शिविर चलाई रहनु भएका डा केसीले आइतबारसम्म १७७ जनालाई ओपिडी सेवाबाट उपचार र ३ जनाको शल्यक्रिया गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो । डा केसी जिल्लामा आउँदा आफुहरुले अविभावक पाएजस्तो अनुभूति भयो उहाँले शनिबार अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धि सामान्य उपचार, समस्या पहिचान तथा सल्लाह बारे कक्षा नै संचालन गर्नु भयो ।
डा.केसीले विरामीलाई दिएको उपचार, सल्लाह र जिल्ला अस्पतालका कार्यरत स्वास्थ्यकर्मीले उहाँबाट पाएको शिक्षाबाट सिंगो अस्पताल परिवार उत्साहित भएको पनि अस्पतालले जनाएको छ ।
कोरियाली सहयोग नियोग(कोईका) ले करिव ५० करोड लागतमा निर्माण गरेको सुविधा सम्पन्न जिल्ला अस्पताल मुगुको भवनबाट विषशेज्ञ सेवा दिने पहिलो व्यक्ति नै डा केसी भएको डा नगरकोटीले बताउनु भयो ।
गरिब निमुखा, विपन्न र असाय जनताको स्वास्थ्य सुधार र शिक्षाका लागि सँधै राज्यसँग लड्दै आएनु भएका डा केसी यो कोरोना महामारीको पनि प्रवाह नगरि दुर्गम जिल्ला बाजुरा, हुम्ला, कालीकोट, डोल्पा, जुम्ला हुँदै मुगुसम्म पुगेर निःशुल्क उपचार गरिरहनु भएको छ ।
जनताको सेवा एक मात्र लक्ष्य बोक्नुभएका डा.केसी साच्चिकै गरिब, निमुखा र राज्यबाट पछि पारिएका जनताका लागि एक्काईसौ शताब्दीमा डाक्टरको रुप लिएर भगवान प्रकट हुनु भएको नेपाल पत्रकार महासंघ मुगुका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल बताउनु हुन्छ ।
प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार २१:४९