मुगु । काठमाडौँ बस्ने मुगाली यूवाहरुले कोरोना विरुद्ध लड्ने स्वास्थ्य सामग्री पठाएर आफ्नो गृह जिल्ला मुगुलाई सम्झिएका छन् । कोरोना संक्रमणले मुलक आक्रान्त भएका बेला आम मुगााली जनता र मुगुलाई कर्मथलो बनाई सेवा गरिरहेका कर्मचारीहरुलाई कोरोनाको संक्रमण नहोस् र कोरोना विरुद्धको यो लडाईमा थप ईट्टा थपियोसभन्ने हेतुले जिल्लालाई स्वास्थ्य सामग्री पठाएर काठमाडौँ बस्ने मुगाली यूवाहरुले जिल्लालाई सम्झिएका हुन् ।
अध्ययन, नोकरी तथा अन्य कामको शिलशिलामा काठमाडौँमा रहेका नेकपा सर्मथक युवाहरुले चन्दा, आफ्नो लगानी तथा विभिन्न निकायहरुको समन्वयमा स्वास्थ्य सामग्री संकलन गरि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्न मुगुमा पठाएको नेकपाका जिल्ला सदस्य जित बहादुर मल्लले बताउनु भयो ।
काठमाडौँमा रहेका मुगुका युवाहरु नवराज कार्की, मणिचन्द्र सार्की, दल बहादुर विक, सुर्य बहादुर रोकाया, नरेन्द्र गिरी, दिपक बाँनिया र खेमराज मल्लले सहयोग जुटाउदै मुगु जिल्लालाई स्वास्थ्य सामग्री पठाउनु भएको हो ।
विहीबार जिल्ला प्रशासन कार्यालयमा युवाहरुले पठाएको १०० थान पिपिई सेट, सेनिटाईजर १०० लिटर, सर्जिकल मास्क १००० पिस, केएन ९५ मास्क १०० पिस, ग्लोव्स १०००सेट र फेससिट ग्लास ५० पिस नेकपा जिल्ला मुगु जिल्ला अध्यक्ष सुकविर बुढाले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार निरौलालाई हस्तान्तरण गर्नुभयो ।
सामान हस्तान्तरण पछि बोल्दै अध्यक्ष बुढाले भन्नुभयो काठमाडौँमा आफुलाई बस्न, खान समस्या भैरहेको बेला आफ्नो स्वार्थलाई प्रवाह नगरि गृह जिल्लालाई सम्झेर चन्दा, सहयोग जुटाउदै स्वास्थ्य सामग्री खरिद गरि पठाएकोमा युवाहरुलाई धन्यवाद दिन्छु । सरकारको एकद्धार प्रणालीको नीति अनुसार स्वास्थ्य सामग्री हामीले जिल्ला विपद् व्यवस्थापन समितिलाई दिएका छौ, समितिले आवश्यकता र औचित्यका आधारमा जिल्लाका चार वटै स्थानीय तहलाई वितरण गरोस् अध्यक्ष बुढाले भन्नु भयो ।
सरकारले लकडाउन गरेपछि स्थानीय सरकारले स्वास्थ्य सामग्री, राहत लगायतका काममा तिव्रता दिएपनि गत साउन ६ गते मध्यरातीबाट सरकारले लकडाउन अन्त्य गरेपछि पहिला भन्दा देशमा संक्रमित बढीरहँदा तिनै तहका सरकारमा कोरोना नियन्त्रण, रोकथाम, उपचार र राहतका विषयमा पहिलाको जस्तो सक्रियता देखिएको छैन त्यसैले खास गरि जनताको नजिकको सरकार स्थानीय सरकारहरुलाई पुनः राहत र स्वास्थ्य सामग्री जनतालाई उपलब्ध गराउने तर्फ ध्यान दिन आग्रह गर्दछु सदस्य जित बहादुर मल्लले भन्नुभयो, कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहतका विषयमा स्थानीय सरकारले गरेका काम सह्रानीय छन् ।
प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार १२:४७