मुगु । जननायक विश्वश्वर प्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ५ झाँपगाढमा रहेको विपी पार्क क्षेत्रमा विपी चिन्तन प्रतिष्ठान र स्कुल अफ डेमोक्रेसी मुगुको आयोजनामा वृक्षारोपण गरिएको हो ।
नेपाली काँगे्रस लगायत यसका भातृ तथा शुभेच्छुक सस्थाहरुले विभिन्न दिवस, जन्मत्सव र स्मृति दिवसको अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्दै आएका छन् । खुल्ला बाँझो पाखोमा वर्षेनी विभिन्न जातका रुखका विरुवा वृक्षारोपण गर्दा अहिले सो क्षेत्र हरियाली जंगलमा परिणत हुँदै गएको छ ।
वृक्षारोपण कार्यक्रम काँगे्रस जिल्ला सभापति खड्क बहादुर शाही, छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाही, मुगुम् कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा, काँगे्रस सचिव दोय मन्जन कार्की, गजेन्द्र बहादुर मल्ल, विपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष सिंह बहादुर मल्ल, स्कुल अफ डेमोक्रेसी मुगुका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल सहित विपी विचारका आस्थावान सहभागी भएका थिए ।
विपी पार्कमा घेरवार र संरक्षण गरिएकाले यहाँ रोपिएका विरुवाको संरक्षण भएको छ भने वर्षेनी जिल्लाका विभिन्न ठाँउमा विभिन्न निकाय, कार्यालय, पार्टीबाट सयौ सख्यामा वृक्षारोपण गरिने गरेपनि अर्को वर्ष विरुवाको नाम निसान भेटाउन गाह्रो हुने अवस्थाको साख यसैै पार्कमा हुर्कने विरुवाले जोगाई राखेको छन् ।
वृक्षारोपणमा धुपी, लौठ सल्लो, देवदार, मसला, रिठो, बकाईनो, गयालो सहित दर्जन बढी जातका विरुवा रोपिएको स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष लोकेन्द्र बहादुर मल्लले बताउनु भयो ।
वृक्षारोपण पछि भएको स्मृति सभामा बोल्दै पार्टी सभापति खड्क बहादुर शाहीले विपी विचार र सिद्धान्त बोलीमा भन्दा काँगे्रसजनले व्यवहारमा उत्र्तान आग्रह गर्नु भएको थियो भने छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले वर्तमान अवस्थामा विपी विचार र विपीको मेलमिलाप नीतिले मात्र देश विकास गर्न सवै पक्षलाई समेट्ने भएकाले अझै पनि विपी विचार र नीतिको महत्व बढ्दै गएको बताउनु भयो ।
प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलवार २१:२१