मुगु । सडक खन्ने क्रममा कृषकको अन्नबालीका साथै स्याउका रुखहरुमा क्षति भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले सडकको सुधारको निम्ति स्काइवेटरको प्रयोग गरि सडक बिस्तार गर्न थालेपछि गमगढी ताल्च सडक खण्ड अन्तर्रग पर्ने ताल्च मैतु कागथला झागोठ सडक खण्डमा पर्ने जग्गामा लगाईएका सयौँ स्याउका रुख बिरुवा तथा बर्षे अन्न बालीहरु नष्ट भएका हुन् ।
सडक खन्दा लगाईएको अन्न बालीका साथै स्याउका रुख बिरुवाहरु नष्ट भएपछि यहाँका कृषकहरु मर्कामा परेका छन् । बर्षौं देखि दुखः गरेर जगेरेका ७ स्याउ र २ वटा ओखरका गरि ९ रुखहरु डोजरले फालिदियो अव के गर्ने होला यसले कुनै क्षतिपूर्ती पनि दिदैन भन्दै यहाँका किसानले दुखेसो गरे । आप्mनो जग्गाको डिलमा बसेर आँखा भरि आँसु झार्दै छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँकी जौमति भियालले कतै क्षतिपूर्तीको लागि पहल गरिदिन आग्रह गर्नुभयो । यस्तै वडा नं. ५ ढुम गाउँकै अर्का कृषक सिङ बुढाले भन्नुभयो ‘हाम्रो साना ठुला गरि ३ सय स्याउका बिरुवा नष्ट भयो, सबै लगानीभरी यसैमा डुब्यो अब के गर्ने होला ? हामीलाई क्षतिपूर्ती दिए हुन्थ्यो ।’
यसैगरी ताल्च कै जयगणेश बिकका २२ वटा रुख र राम बहादुर बुढाका ३ सय भन्दा बढी रुख, नन्द बहादुर महतारा, काली बहादुर रोकाया र हरिचन्द्र कार्कीका १ हजार भन्दा बढी फलफुलका रुख बिरुवाहरु नष्ट भएका छन् । केही ठाँउमा बिरुवाहरु ढुङ्गा माटोले पुरेर नष्ट गरिएको छ्भने केही ठाउँमा डोजरले उखेलेको पाइएको छ ।
सडक खन्ने क्रममा फलफुलका बिरुवाहरु नष्ट भएपछि कृषकहरुले सम्बन्धित निकायमा क्षतिपूर्तीको माग समेत गरेका छन् । सडकको तलमाथि लगाईएको बर्षे बाली कोदो, आलुसमेत सडक खन्दाको माटो, ढुङ्गाको पहिरोले छोपेको छ ।
धेरै जसो ताल्च देखि मैतु सडक खण्ड आसपासमा जग्गा भएका कृषकहरु मारमा परेका छन् । अन्नबालीको हकमा क्षति भएको कृषकको लागि २, ३ लाख रुपैयाँ बराबरको चामल खरिद गरेर प्रति पिडीत जग्गाधनी परिवारलाई राहत स्वरुप उपलब्ध गराउने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताउनु भयो ।
प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार १६:५५