मुगु । नेकपाको केन्द्रीय तहमा आएको विवादको विरोध गदै ओली पक्षधर कार्यकर्ताहरुले आइतबार प्रर्दशन गरेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरुले विभिन्न बखेडा निकालेर काम गर्न असज पारेको भन्दै अन्य नेताहरुको विरोध गर्दै ओली पक्षधर नेता कार्यकर्ताहरुले मुगु जिल्ला सदरमुकाम गमगढीमा विरोध प्रर्दशन गरेका हुन् ।
विरोध र्यालीमा सहभागी ओली पक्षधर कार्यकर्ताहरुले पार्टी फुटाउन पाइदैन, कुटी नेता चाहिँदैन, अघि बढ ओली, हामी तिम्रो साथमा छाैं, के.पी ओली जिन्दावाद, फेर्नु छ चाडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
विरोध ¥यालीमा नेकपा जिल्ला स्तरका नेताहरु सुन्तला रोकाया, डम्बर बहादुर रावल, परेगराज सहित ३ दर्जन नेता कार्यकर्ताहरु सहभागी भएपनि प्रचण्ड, माधव नेपाल र झलनाथ पक्षका कोही नेता कार्यकर्ताहरु उपस्थित थिएनन् ।
सरकारले राष्ट्रवादी काम गरेकोले यो अवस्थामा देशी विदेशी तत्वहरुको दवाव रहेका बेला आफ्नै पार्टीका कार्यकर्ताहरुले सरकारको बचाउ गर्नुपर्छ र पार्टीलाई एकजुट बनाउन स्थानीय तहबाटै दवाव दिनु पर्छ भन्दै नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले मुगुमा प्रर्दशन गर्न पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरुसंग अनुरोध गरेपनि आजको प्रर्दशनमा उहाँहरु सहभागी नभएको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले बताउनु भयो । प्रर्दशनको नेतृत्व नेकपा मुगुका जिल्ला कमिटी सदस्य एवं वडा नं ५ का वडा अध्यक्ष डम्बर रावलले गर्नु भएको थियो ।
यता नेकपा जिल्ला सचिव धर्म बहादुर शाहीले पार्टीलाई कुनै जानकारी विना बिरोध कार्यक्रम गरिएको बताउनु भयो ।
प्रकाशित मिति: ४ श्रावण २०७७, आईतवार २०:०३