मुगु । जिल्ला विपत व्यवस्थापन समिति मुगुले आइसोलेशन केन्द्र व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाईटी मुगु शाखालाई दिएपछि शाखाले दाताहरुको विभिन्न आवश्यक सामानहरुको सहयोगमा ५० वेडको प्रारम्भिक आइसोलेशन केन्द्र बनाएको छ ।
हेर्दा नयाँ भवन छ ,भवनका कोठाहरुमा वेड छन प्रत्येक कोठहरुको छेउमा डस्विन राखिएको छ, । वेडको सिरानीमा व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामग्रीहरु राखिएका छन । खुल्ला चौर एकान्त ठाँउ चौरमा महिला पुरुषका लागी छुट्टा छुट्टै शौचालय र स्नान कक्ष छन् । यो दृष्य कुनै सुविधा सम्पन्न होटेल, अस्पताल जस्तो लागेपनि त्यो भने होईन यो दृष्य जिल्ला विपत व्यवस्थापन समिति मुगुले जिल्लामा भविष्यमा कोरोना संक्रमित व्यक्तिहरुलाई राख्न बनाएको प्रारम्भिक आइसोलेशन केन्द्र हो ।
आइसोलेशन केन्द्रकालागि मुगु जिल्ला कै पहिलो सहयोगी अन्तराष्ट्रिय संस्था युनाईटेड मिसन टु नेपाल मुगु कलष्टरले ५०० लिटरका २ वटा पानी टंकी, २० सेट वेड कपडा खानेपानी फिल्ट १, सेनिटाईजर ४०, साबुन ५० साबुनदानी २०, लुजपाई १०० मिटर, हिरिसडेक मुगुले महिला पुरुषका लागि ४ वटा शौचालय, २ वटा स्नानघर, ५० जनालाई पुग्ने व्यक्तिगत सरसफाईका सामग्रीहरु, नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय सदस्य कृष्ण बहादुर सेजुवालको पहलमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुबाट ५१ वटा खटिया उपलब्ध गराएको संयोजक मल्लले बताउनुभयो ।
विभिन्न निकायबाट गरिएको विभिन्न सहयोग १० लाख ८ हजार मुल्य बराबर भएको पनि आइसोलेशन व्यवस्थापन समितिले जनाएकाे छ । आइसोलेशन केन्द्रकै लागि प्रदेश सरकारबाट जिल्ला विपत समितिमा प्राप्त ५० लाख मध्यबाट १० लाख एम्वुलेन्स खरिद गरिने भएको छ ।
जिल्ला कारागार कार्यालयका नवनिर्मित भवनहरुमा बनाईएको उक्त आइसोलेशन केन्द्रमा कारोना संक्रमण पोजेटिब देखिएका तर कुनै लक्षण नदेखिएका समान्य व्यक्तिहरुलाई प्रारम्भिक आइसोलेशनमा राखिने छ्भने जटिल तथा लक्षण देखिएका कोरोना संक्रमितलाई जिल्ला अस्पताल मुगु र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनुभयो ।
‘ यस्तो सफा चिटिक्क आवश्यक सबै सामान रहेको प्रारम्भिक आइसोलेशन केन्द्र बन्ला भन्ने आश गरेका थिएनौ विपत, महामारी संकटमा उद्घार,राहतको क्षेत्रमा काम गदै आएको रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिएका थियौ । प्रजिअ निरौलाले भन्नुभयो उहाँहरुले विभिन्न निकायहरुको सहयोगमा सोचे भन्दा चिटिक्क सुविधायुक्त प्रारम्भिक आईसुलसन केन्द्र बनाउनु भएछ ।’
आइसोलेशन व्यवस्थापनको संयोजकको जिम्मा पाउनुभएका नेपाल रेडक्रस सोसाईटी मुगु शाखाका सभापति जय बहादुर मल्ल विपत व्यवस्थापन समितिले आफुलााई यो संवेदनशिल र महत्वपुर्ण जिम्मेवारी दिएपछि दिन रात नभनी स्वमंसेवक साथीहरुको सहभागीतामा प्रारम्भिक आइसोलेशन केन्द्र बनाउन खटिएको अनुभव उहाँ सँग छ । आइसोलेशन केन्द्र बनाउने कार्यमा विभिन्न महानुभाव, सरकारी कार्यालय, गैर सरकारी संघ सस्था, सुरक्षाका तिनै अंगहरुले विभिन्न सामानहरु सहयोग गरेको संयोजक मल्ल बताउनुहुन्छ ।
विकट सोरु गाउँपालिकामा आइसोलेशनको लागि युयमयनको सहयोग
जिल्लाको विकट सोरुगाँउपालिकामा पनि २० वेडको आइसोलेशन केन्द्र बनाईएको छ । वडा नं २ मा रहेको स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेशन केन्द्रको रुपमा तयार पारिएको छ ।
यो आइसोलेशन केन्द्रका लागिपनि जिल्ला कै पुरानो साझेदार अन्तराष्ट्रिय संस्था युनाईटेड मिसन टु नेपालले २ लाख ४० हजार बराबरको २० वेड सेट समान,स्वास्थ्य सामग्रीहरु प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र पालिका अध्यक्ष लोक बहादुर शाहीलाई हस्तान्तरण गरेको युनाईटेड मिसन टु नेपाल मुगु कलष्टर कार्यक्रम व्यवस्थापक नेत्र बहादुर शाहीले बताउनुभयो ।
प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार १५:४९