मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तृष्ट सदस्यहरुको नाराबाजी विच आज उद्घाटन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभा बुधबार असन्तृष्ट सदस्यहरुको नाराबाजी विच नगरप्रमुख हरिजंग शाहीले दियोमा बत्ती बालेर उद्रघाटन गर्नु भएको हो ।
असन्तृष्ट पक्षका मागलाई लिएर बुधवार विहान देखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजेसम्म सहमतिका लागि बैठक बसेको थियो । १ बजे नेपाली कांगे्रसका जिल्ला सभापति खड्क बहादुर शाही र नेकपाका स्थानीय नेताहरु मंगल बहादुर शाही र धर्म बहादुर शाहीको उपस्थितिमा नगरप्रमुखले सातौं नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरु विच सहमति गर्ने निर्णय भएर नगरसभा उदुघाटन गर्ने स्थलमा गएर नगरसभा उद्घाटन गरेपनि सहमतिको उलंघन गर्दै असन्तृष्ट पक्षले अवरोध र नाराबाजी गरेको नगरप्रमुख हरिजंग शाहीले बताउनु भयो ।
स्थानीय सरकारले असार १० गतेबाट बजेट तथा नीति कार्यक्रम ल्याउने प्रक्रिया शुरु गर्नु पर्ने कानुनी बाध्य भएर आज सातौं नगरसभाको प्रक्रिया शुरु गरेको पनि नगर प्रमुख शाहीले बताउनु भयो ।
यता उपप्रमुख सुन्ताला रोकायाले आफ्ना सदस्यहरुलाई प्रलोभनमा पारेर आफ्नो बहुमत जुटाई आफ्नो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमति, सहकार्य र समझदारीमा नगरसभा गरौं भन्दा पनि सहमति नगरेर बल मिचाई गरेर नगरसभा उद्घाटन गरेको बताउनु भयो ।
नगरसभाको लागि प्रक्रियामा जान वडा स्तरबाट योजना छनौट गरि विषयगत समितिहरुमा पेश गर्न पटक पटक पत्र पठाएको र बैठकमा बोलाएर पनि उपमेयर सहित उनी पक्षीय सदस्यहरु सहभागी हुने तर हस्ताक्षर नगरेर बाहिरिने गरेको नगरपालिकाले जनाएको छ ।
सभा उद्रघाटन कार्यक्रममा खुर्सानी प्रहार
सदरमुकाम स्थित अनुशा होटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका लागि नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गर्दै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले नगर प्रमुख माथी खुर्सानीको धुलो प्रहार गरेका थिए । नगरप्रमुखलाई लक्षित गरि खुर्सानी प्रहार गरेपनि खुर्सानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
प्रकाशित मिति: १० असार २०७७, बुधबार १९:०८