सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार तीन सय नाघेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जना भएपछि कूल संक्रमितको संख्या एक हजार तीन सय ७ पुगेको हो ।
सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।
महाशाखा प्रमुख डा. तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ७३३ जना रहेका छन्भने सुर्खेतमा ३०२ जना रहेका छन् । त्यस्तै सल्यानमा १७३, कालीकोटमा ४३, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्लामा दुई र डोल्पामा र रुकुम पश्चिममा एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
मंगलवार नै लेकबेसी आइसोलेसन सेन्टरबाट पाँच पुरुष र एकजना महिला गरी ६ जना, जाजरकोट बारेकोट आइसोलेसन सेन्टरबाट दुई पुरुष र एकजना महिला गरी ३ जना गरी कूल ९ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।
कूल संक्रमितमध्ये पुरुषको संख्या ११९४ र महिलाको संख्या ११३ जना रहेका छन् ।
योसँगै हालसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर घर जानेको संख्या ५६० पुगेको छ्भने कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: ९ असार २०७७, मंगलवार १७:१०