मुगु । मुगु जिल्ला स्थित सरकारी कार्यालय, सरक्षा निकाय, पत्रकार र वित्तिय संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस मुगुका सभापति खड्क बहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तिय संस्था र पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्र्री हस्तानतरण गर्नु भएको हो ।
कोरोना भाइरस कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणमा नफैलियोस् र सेवा प्रदायक कर्मचारीहरुले यो विषम परिस्थितिमा पनि ढुक्कसँग जनतामा सेवा प्रवाह गर्नु सकोस् भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधि सहयोग गरेको सभापति शाहीले बताउनु भयो । उहाँले जिल्लामा रहेका २१ वटा बैक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामग्री वितरण गरेको बताउनु भयो ।
सभापति शाहीले लकडाउनका बेला काठमाडौं लगायत देशका प्रमुख शहरमा अलपत्रप परेका १७७६ सर्वसाधारणहरुलाई राहत सामग्री वितरण गर्नु भएको थियो भने भारतबाट नेपाल आउँदा नाकामा अलपत्र परेका मुगालीलाई जिल्लामा ल्याउन पहल गर्नु भएको थियो ।
जिल्लामा क्रियाशील राजनैतिक दलहरु गुमनाममा रहेका बेला जिल्लामा पुगेर स्थानीय सरकारी, सरकारी तथा बैक वित्तिय संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्दा स्थानीय तथा कर्मचारीहरु खुशी भएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहतमा प्रयाप्त नहुने भएकाले यो कार्यमा नेपाली कांगे्रसले गरेको सहयोग थप बल प्रदान हुने बताउनु भयो ।
कार्यालयमा सर्वसाधारण आउँदा सेवा दिदा र लिदा दुवै पक्ष डराउनु पर्ने अवस्था थियो पिपिई सेट, थर्मल गन र अन्य स्वास्थ्य सामग्री पाएका छौ अब कार्यालयमा एक फोकल पर्सन तोकेर गेट मै सेवाग्राहीको तापक्रम लिने र सेवा दिने काम गछौ भेटेनरी तथा पशुसेवा अस्ताल मुगुका प्रमुख भिमचन्द्र बुढाले भन्नु भयो ।
कार्यक्रममा सभापति शाहीले माडवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निःशुल्क प्रदान गरिएको औषधि समेत वितरण गर्नु भएको थियो । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधि उपलब्ध गराएको छ ।
औषधि लगायत अन्य सामग्री मुगु जिल्लामा रहेका ४ स्थानीय तहहरु मध्ये सोरु गाउँपालिकालाई हस्तानतरण गरिसकेको र बाँकी स्थानीय तह छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ्ग गाउँपालिकालाई केही दिन मै उपलब्ध गराउने र स्थानीय तह मार्फत ती सामग्री स्थानीय जनताले पाउने पनि सभापति शाहीले जानकारी गराउनु भयो ।
प्रकाशित मिति: ८ असार २०७७, सोमबार २०:१३