मुगु । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले छायाँनाथ रारा नगरपालिकामा तोडफोड गरेका छन् । कार्यालयको कामकाज भईरहेको बेला एक दर्जन भन्दाबढि कार्यकर्ता कार्यालयमा आई तोडफोड गरेका हुन् ।
नेकपा नगर कमिटी अध्यक्ष केबल बहादुर मल्लको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताले कार्यालय तोडफोड गुर्नकासाथै प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेय माथि कुटपिटि गरेका हुन् ।
शुक्रवार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृृत रोमाकान्त पाण्डेको कार्यकक्षमा आई काम गरिरहेको मौकामा नेकपा निकट युवाहरुले एक्कासी कुटपिट गरेपछि घुडामा चोटपटक लाग्नुकासाथै कार्यकक्षमा भएका ल्यापटप, मोवाईल लगाएत टेवुल, दराज क्षति भएको छ भने नगरपालिकाको अगाडीको बारदलीमा पनि तोडफोड गरेका छन् ।
नगरपालिकाले गरेका निर्णयहरु, आधारभुत स्वास्थ्य केन्द्रको र वडा कार्यालयहरुको ठेक्काको सूचना, माग्न खोज्दा नगरपालिकामा निवेदन दिनुहोस् र निवेदनका साथ लाग्ने राजश्व तिरेर मात्र नगरपालिकाले सूचना उपलव्ध गराउनेछ भने पछि नेकपा युवाहरु एक्कासी आक्रोसमा आई कार्यालय तोडफोड गरेको र प्रमुख प्रशासकीय अधिकृत माथि सुनियोजित तरिकाले कुटपिट गरेको छायँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
उहाँका अनुसार यस अघि पनि बिभिन्न बहानामा नेकपाका कार्यकर्ताले नगरपालिकामा पटकपटक तोडफोड गर्ने ढुङ्गामुढा गर्ने गरेका छन् ।
विगतका तोडफोडमा जिल्ला स्तरका नेकपा नेता देखि प्रदेश सासंद पनि संग्लन रहेका थिए । शुक्रवार प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात भएपछि राष्ट्रसेवक कर्मचारीमाथी हातपात गर्नु गैर कानुनी कार्य भएको छायानाथ रारा नगर पालिकाले जनाएको छ ।
कार्यालय समयमा काम गरी रहेको बेला छापामार शैलीमा कर्मचारीको मनोबल घटाउने तरिकाले कर्मचारी माथी हातपात गर्नु भनेको अमानवीय, उदण्ड शैली भएको र सुनियोजित तरिकाले आफुमाथि कुटपिट भएको प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेले बताउनु भयो ।
प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार १७:५०