सुर्खेत । सामाजिक दुरी कायम गरी काेराेनाबाट बच्ने आवश्यक सुरक्षा सतर्कता अपनाइ व्यवसाय सञ्चालन गर्न सकिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे आजकाे निर्णय अनुसार उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर लगायतका १७ क्षेत्र सञ्चालनका लागि खुला गरिएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको सूचना अनुसार कोराना भाइरसको संक्रमण बढ्दै गएता पनि बन्दाबन्दीको समय अवधि लम्बिदै गएको परिस्थितिले जनजीवनमा परेको असरलाई समेत मध्यनजर गरी नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला कोभिड-१९ सकट व्यस्थापन केन्द्र सुर्खेतको जेठ ३० गतेकाे निर्णय अनुसार दुई मिटरको सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गरी पटक पटक साबुन पानीले हात धुने या सेनिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्ने गरी अर्को सूचना नभएसम्मको लागि ताेकिएकाे सेवा र कार्य सञ्चालन गर्न जानकारी गराइएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत), सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादन देखि विक्री वितरण सम्मका सबै श्रृङखला), उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका दुवानी, पैदल आवागमन, साइकल र मोटरसाइकल (चालक मात्र रहने गरी), जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा संचालन हुने निजी सवारी साधन (चालक बाहेक थप २ जनासम्मा मात्र
सवार हुने), फोहरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा, नर्सरी र वनजन्य उद्यम सञ्चालन गर्न भनिएकाे छ ।
त्यसैगरी विकास आयोजना (निजी क्षेत्रबाट प्रवदित समेत), निर्माण कार्य (निजी समेत), नदी तथा खानीजन्य पदार्थ उत्खनन, सकलन, दुवानी र विक्री वितरण, रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा, क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन, सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (विहान ८ बजे देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालनमा गर्ने), सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी
ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन (सिटको एक लहरमा एक जना यात्रु मात्र राख्ने, सबै यात्रले अनिवार्य रूपमा मारकको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसकमित गर्ने कुरा जारी सूचनामा उल्लेख गरिएकाे छ ।
साथै विश्वव्यापी रूपमा फैलिरहेको काेराेना भाइरस महामारीबाट बच्न नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले अति आवश्यक कार्य बाहेक हिडडुल गर्न रोक लगाइएकोमा हाल सम्म जोखिमबाट बन्न नागरिक स्तरबाट पुर्याएकाे सहयोग प्रति सबैलाई जिल्ला प्रशासन कार्यालयद्वारा धन्यवाद मसेत व्यक्त गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको सूचना
प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार ११:२७