काठमाडौँ । काेराेना संक्रमणलाई जितेर हालसम्म २०६ जना अस्पतालबाट घर फर्कनु भएको छ । आज मात्रै १९ जना डिस्चार्ज हुन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएकाे छ ।
काराेनालाई जितेर डिस्चार्ज हुने व्यक्तिहरुमा प्रदेश नम्बर १ मा ३० जना, प्रदेश नम्बर २ मा १०२ जना, वागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा ४७ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना गरी रहेका छन् । जस मध्ये १६२ जना पुरुष र ४४ जना महिला रहेका छन् ।
पछिल्लो अपडेट अनुसार नयाँ संक्रमित १७० जना रहेको छन् जसमध्ये १६२ जना पुरुष र ५ जना महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयाे ।
प्रयोगशालाको परीक्षण अन्तर्गत हालसम्म पीसीआर विधिबाट ६६ हजार १ सय ५४ जनाकाे परीक्षण गरिएकाे र आरडिटी विधिबाट हालसम्म १ लाख ५ हजार ४७८ जनाकाे परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयाे । जसमध्ये प्रदेश नम्बर १ मा ११४०६, प्रदेश नम्बर २ मा ६६७३, बागमती प्रदेशमा २५१०९, गण्डकी प्रदेशमा ७९५० प्रदेश नम्बर ५ मा २०१८५, कर्णाली प्रदेशमा १२७९९ र सुदूरपश्चिम प्रदेशमा २१३५६ गरी कुल १ लाख ५ हजार ४७८ वटा आरडिटी विधिबाट परीक्षणहरू सम्पन्न भएका मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी प्रदेश नम्बर १ मा २७४७ जना, प्रदेश २ मा १६६७८ जना, वागमती प्रदेशमा १९५४ जना, गण्डकी प्रदेशमा २८१४ जना, प्रदेश नम्बर ५ मा ३२३७३ जना, कर्णाली प्रदेशमा १७५०० जना र सुदूरपश्चिममा २५७६५ जना गरी कूल ९९३३६ जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयाे ।
त्यसैगरी प्रदेश नम्बर १ मा १२७ जना, प्रदेश नम्बर २ मा ३८७ जना, वागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नम्बर ५ मा ३८३ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना उपचारको क्रममा विभिन्न अस्पतालहरुमा रहनुभएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयाे ।
यसैगरी विभिन्न व्यक्तिहरुले आफ्नो विवरण भरेर स्वास्थ्यसम्बन्धी स्वमूल्यांकन गरिराख्नुभएको र आफ्नो सो मूल्याङ्कन गर्ने व्यक्तिहरूको हालसम्म संख्या ५०८४६ पुगेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार १९:०८