आज गणतन्त्र दिवस । हामीले अनलाइन पत्रिका शुरुवात गरेको दिन । डिजिटल युगको बाटोमा पाइला चाल्ने हाम्रो अभियान आज पाँचौ वर्षमा प्रवेश गरेको छ । हरेकको हात हातमा मोबाइल अनि समाचार, सूचना, सन्देश तथा जानकारीका लागि सचेत नेपाली समाज । डिजिटल युगको यो मागलाई मध्यनजर गर्दै सञ्चालन भएका अनलाइन पत्रिकाको लाइनमा चार वर्ष अघि थपिन पुगेको अनलाइन पत्रिका हो, khabarera.com । ‘सूचनाको युग’ भन्ने मान्यतालाई दृष्टिगत गर्दै इकोनोमिक रिफर्म मिडिया प्रा.लि. काठमाडौंद्वारा यो अनलाइन पत्रिका सञ्चालनमा ल्याएको हो ।
जसरी आकाशमा जुनको उज्यालोको आगाडी असंख्य ताराहरुको उज्यालोको कुनै प्रभाव हुँदैन, र पनि ताराहरुको आ–आफ्नै अस्तित्व र स्थान हुने गर्दा छ । त्यस्तै पछिल्लो समयमा नेपाली समाजका बीचमा यस्तै हजारौं ताराहरुको उदय भएका छन्, जसले समाजमा आ–आफ्नो अस्तित्व खोज्ने र जोगाउने प्रयासमा तल्लीन छन् ।
डिजिटल युगको यो आकाशमा आफ्नो अस्तित्व जोगाइ समाजलाई सूचना प्रवाह गर्ने अभियानमा khabarera.com अनलाइन पत्रिकाले सानो र सुस्तगतिमा भएपनि पाइला चालेको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रयासमा छ ।
हुन त अहिलेको डिजिटल पत्रिकाको भेला आउने सूचना सन्देशलाई नेपाली समाजले सहज रुपमा ग्रहरण गर्न सक्ने अवस्था निर्माण हुन सकेको छैन् । अनलाइन पत्रिकामा प्रकाशित हुने सूचना सन्देश परिष्कृत हुन नसकेका कारण पनि डिजिटल पत्रिकालाई विश्वास गरिहाल्ने अवस्था स्थापित हुन सकेको छैन । तर पनि अहिले समाजले डिजिटल पत्रिकालाई पहिलो सूचनाको जानकारीको रुपमा लिने गरेको हुनाले पनि हेर्नेको संख्या भने कम छैन् । डिजिटल मिडियामा सूचना पहुँचको सहजता तर विश्वसनीयतामा शंका गर्नु पर्ने अवस्था समाजले भोग्दै आएको छ ।
अनलाइन पत्रिकाको विद्यामान अवस्थालाई हेर्दा डिजिल मिडियालाई आम समाजले विश्वास गर्ने अवस्थासम्म पुग्न अझै समय लाग्ने निश्चित छ । अराजकता, अतिभक्ति, भिजिटर तान्ने नाममा अतिरञ्ति, अश्लिलता र गोपनीयताको ख्याल नराख्ने जस्ता विकृति र प्रवृत्ति डिजिटल मिडियामा अहिले समाजले भोग्नु परेका समस्या हुन् । नेपालमा सामाजिक सञ्जालको सहज प्रयोग र पहुँचको अवस्थालाई दुरुपयोग गर्दै अराजक्तामा थप प्रेरित गरेको हुन सक्छ, यस्तो अवस्थाबाट मुक्त भई समाजका लागि सहि सूचना प्रवाह आजको चुनौती हो ।
अनलाइन पत्रिकाको विद्यमान समस्याहरुसँग जोगिएर अघि बढ्नु नै अहिलेको चुनौती हो । आजको यस अवसरमा विद्यमान चुनौतीको सामना गर्दै आगामी दिनमा अझ बढी परिष्कृत हुने विश्वासकासाथ अगाडी बढ्ने हाम्रो दृढ संकल्प हो ।
प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार ०८:२५