मुगु । कोरोना भाइरस नियन्त्रण, रोकथाम, उपचार, राहत, सुरक्षा र समाचार संकलनमा अग्रपंतिमा रहि काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण भए नभएको जाँच गर्न मुगुमा उनीहरुको स्वाव संकलन गरिएको छ ।
कोरोना भाइरस नफैलियोस् भनेर सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले संचालन गरेका राहत, उपचार, क्वारेन्टाइन, आइसाेलेसन, सुरक्षा, उद्दार जस्ता कार्यमा अग्रपंतिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु उच्च जोखिममा रहेकाले उनीहरुको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
८ जना संचार कर्मी सहित १२० जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।
कर्णाली प्रदेश सरकारले मुगु जिल्लाका सोरु र मुगुम् कार्मारोङ्ग गाउँपालिकामा स्वाव संकलनका लागि पठाएकोमा स्वास्थ्यकर्मीले संकलन गरेको स्वाव आजै हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाई सकिएको छ ।
मुगुम्मा ९६ जनाको र सोरुमा संकललित ९२ जनाको स्वाव मध्ये ५६ जना गरी मंगलबार १५२ जनाको स्वाव हेलिकोप्टर मार्फत जुम्ला पठाईएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । सोरु गाँउपालिकामा बाँकी रहेका ३६ र सदरमुकाममा संकलन गरिएका १२० सहित १५६ जनाको स्वाव बुधबार जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत जुम्ला पठाईने डाक्टर नगरकोटीले जानकारी दिनु भयो ।
कर्णाली प्रदेश सरकार साामाजिक विकास मन्त्रालयले कोरोना विरुद्घको कार्यमा अग्रपंतिमा रहेर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी कोरोनाको उच्च जोखिममा रहने भएकाले उनीहरु कसैमा कोरोना भाइरस भए अन्य कोहीमा संकमण नफैलियो भनेर स्वाव संकलन गरी परीक्षण गर्नु भनेर पत्रचार गरेपछि जिल्लामा क्रियाशील संचारकर्मी सहितले कोरोना परीक्षणका लागि आफ्ना स्वाव जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई दिएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द बहादुर मल्लले बताउनु भयो ।
प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार १९:५२