काठमाडाैँ । पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाडौं र सर्लाही जिल्लामा गरी थप २६ जनामा काेराेना संक्रमण देखिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएसँगै कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २१७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टिहरुमा पर्साका २२, २८. २८, ३२, ४५, ६० वर्षीय महिलाहरू, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू, महोत्तरीका १६, ३५ वर्षीय पुरुषहरू, धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौंका ३३ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा मंगलबार राती जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलवार २२:३४