काठमाडौं । सिंगापूर लगानीकर्ता कम्पनीअन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाली सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परीक्षणका लागि उपयोग गरिनेछ ।
फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी ९ब्८क्त्ब्च्त्० द्वारा एसएआरएस कोभिड—२ भाइरस ( क्ब्च्क्(ऋयख्(द्द) पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि “अलइनवान” १ चरणआरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसीचरणच् रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भन्नुभयो, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारीराख्नेछौं ।”
टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थमन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जितआचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्स र निजि क्षेत्रका पशुपति मुराकर र शेखर गोल्छा बिना यो सम्भव थिएनजसले सिंगापूरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए ।
टेमासेक फाउन्डेशनले सन् २०१४ मा प्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुदृढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवागर्दै आइरहेको छ ।
टेमासेक फाउन्डेशन
टेमासेक फाउन्डेशनले त्यस्ताकार्यक्रमहरुमा सहयोग गर्दछ जसले सिंगापूर र अन्य समुदायहरुको उत्थानगर्दछ । हाम्रो लक्ष्य सामाजिक लचीलोपनलाई सुदृढ गर्नु, अन्तर्राष्ट्रिय विनिमयलाई बढाव दिन र क्षेत्रीय क्षमताहरु बढाउन र दिगो विश्वका लागि विज्ञान र प्रकृतिको उन्नति गर्नु रहेको बताइएको छ ।
प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार १७:२८