मुगु । आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस सक्रमण रोकथाम तथा नियन्त्रणका लागि छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
छायाँनाथ रारा नगरपालिकाले आफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार सर्वसाधरणलाई कोरनाको भाईरसको सक्रमण नफैलियोस् भन्ने हेतुले प्रति व्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रति घरलाई १ सय एम एल हात सफा राख्ने सेनिटराईजर वितरण गरेको हो ।
आर्थिक वर्ष ०७६।७७ मा छायाँनाथ रारा नगरपालिकाले आफ्ना १४ वडामा विनियोजित कुल बजेटबाट रकमान्तर गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले व्यहार्ने गरि कुल १ करोड १० लाखको विपद् कोष स्थापना गरेको थियो ।
कोेरोना भाइरसको संक्रमण रोकथाममा आफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्य तथा सरसफाईका सामग्री सोही कोषबाट खरिद नगरपालिकाकाले वितरण गरेको छायाँनाथ रारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिबहरी रोकायाले बताउनु भयो ।
विहीबार र शुक्रबार संघीय सांसद गोपाल बहादुर बम, नगरप्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले नगरका १ देखि १४ वटा मै पुगेर प्रत्येक वडाका अध्यक्षलाई स्थानीय जनताको घर घरमा वितरण गर्न जनसंख्याका आधारमा सर्जिकल मास्क, डिटोल सावुन र घरधुरीको आधारमा हेल्ड सेनिटाईटर हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरित स्वास्थ्य सामग्री सबै वडाका वडा अध्यक्ष वडाबासीको घरघरमा पुगेर सामान वितरण गरेको र यो कार्यमा बस्तीका अगुवाहरु र वडा सदस्यहरुले सहयोग गरेको वडा नं १२ का अध्यक्ष सुवाशचन्द्र बुढाले बताउनु भयो ।
स्थानीय जनतालाई कम्तीमा ३ महिना खाना पुग्ने अन्नपात घरमा भएकाले भोक भन्दा पनि तत्काल रोगबाट नगरवासीलाई बचाउन सरसफाईका सामग्री मास्क, सेनिटाईजर र सावुन वितरण गरेको र लकडाउन लम्विएमा पहिचानका आधारमा नगरवासीलाई राहत पनि उपलब्ध गराउने वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाईले बताउनु भयो ।
संघीय सांसद गोपालबहादुर बमले बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा राहतका लागि संघीय सरकारको एक्लै प्रयासले मात्र सम्भव नभएकाले प्रदेश र स्थानीय सरकारसँग समन्वय, साझेदारी र सहकार्यमा संघीय सरकार ७५३ वटै स्थानीय सरकार मार्फत जनताको घर दैलोमा पुगेको बताउनु भयो ।
आधिकांश रोग सहित कोरोना भाइरस पनि हामीले गर्ने सरसफाईको कमीले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले नगरपालिकले स्वास्थ्य तथा सरसफाईलाई पहिलो प्राथमिकतामा राखि जनतालाई स्वास्थ्य सामग्री वितरण गरेर रोगबाट बच्न सचेत गराएको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार ०८:१०