मुगु । बिरामीको नामचोरी गरी एक एम्बुलेन्सले मान्छे ओसार प्रसार गर्ने गरेको पाईएको छ । सुर्खेतमा रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको एम्बुलेन्सले सुर्खेत देखि मुगु सम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसार पसार गर्ने गरेको हो ।
भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना बिरामीको नामचोरी गरेर १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ । दुई जना विरामी सन्चोभई आएको र विरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने, त्यसलाई पास जस्तो गरेर अन्ययात्रु हालेर ल्याएको उक्त एम्वुलेन्सले मुगुका लागि मंगलवार सुर्खेतवाट छुटेको थियो ।
एम्बुलेन्स भाडाँका लागि पठाएको तर बिचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताउनुभयो ।
दुई जना बिरामी र दुईजना कुरुवाको लागि ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएपनि त्यति धेरै यात्रु हालेको आफुलाई थाहा नभएको रावतले बताउनुभयो ।
मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बिरामी बोक्ने एम्बुलेन्सले यात्रु ओसार्न नहुने बताउनु भएको छ । एम्बुलेन्सले यात्रु ल्याएर मुगु आएपनि बिचबिचका चेक पोष्टले निगरानिराख्नु पर्नेमा नगरेको बारेमा जाँचबुझ गर्ने प्रजिअ निरौलाले बताउनुभयो । एम्बुलेन्समा दुई बिरामी सहित १२ जना आएका थिए ।
स्थानीय प्रशासन निरीह
विश्वभरी कोराना भाइरस (कोभिड १९) का संंक्रमण बढ्दै गइरहेको र त्यसको प्रभाव नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले लगडाउनको घोषण गरी आवतजावतमा रोग लगाएको भएपनि लगडाउनको कर्णालीका जिल्लामा चरम उल्लंघन भएको छ । अरु प्रदेशका तुलानामा कर्णाली प्रदेशका जिल्लमा नेपाल सरकाले गरेको लगडाउनको चरम उल्लंघन भएकोे देखिन्छ ।
यस अघि पनि मुगु आउने र हुम्ला जाने बिद्यार्थी, सर्वसाधारणका लाागि भन्दै सुर्खेत नेपालगञ्जबाट गाडी रिर्जभ गरी मान्छे मुगु सम्म राता रातओसार्ने गरेर लगडाउनको चरम उल्लघन गरिएको थियो ।
मुगु सहित कर्णाली प्रदेशका जिल्लामा लगडाउनको चरम उल्लंघन भएको भएपनि स्थानीय प्रशासन निरीह बनेको देखिन्छ । बजारमा लगडाउनको पालाना गरी आवतजावतमा रोक लगाइएको भएपनि गाउँघरमा त्यसको प्रभाव परेको छैन । नागरिक खुलेआम गररे हिडडुल गरेका छन् । भिडभाडमा जाने, जुवातास खेल्ने गरेका छन् ।
प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १७:३०