सुर्खेत । कर्णालीमा प्रदेशस्तरिय मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो । समितिको सचिवमा सुर्खेतका कूलमणि देवकोटा रहनुभएको छ ।
अध्यक्ष शर्मा दैलेखको क्षेत्र नम्बर १ का सांसद हुनुहुन्छ । समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द मेनका पछाईलगायत रहनु भएको छ ।
जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले प्रदेशमा पहिलो पटक गठन गरिएको फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथसमेत लिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम पूर्व सांसद लक्ष्मी पोखरेलले सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्र्दै केन्द्रीय सदस्य पोखरेलले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताउनुभयो ।
यस्तै फाउण्डेशनको पहिलो बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । जस अन्र्तगत सचिव कूलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छभने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।
बैठकले फागुन मसान्तसम्म कर्णाली प्रदेशका दश वटै जिल्लामा फाउण्डेशको गठन र पुर्नगठन गर्ने, चैत्रमसान्तसम्म स्थानीय तहहरुमा कमिटी गठन गर्ने र आगामी जेठको पहिला साता प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको सचिव देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १८:०४